Wednesday, July 03, 2019

विषादीयुक्त तरकारी र फलफूल जाँच नगर्न भारतीय दबाब


काठमाडौं -भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले जाँच गर्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जनाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक सहसचिवका अनुसार सरकारले सीमानाकाबाट भित्रिने तरकारी र फलफूलमा जाँच कडा बढाएपछि त्यस्तो नगर्न भारतले आफ्ना संयन्त्रमार्फत दबाब बढाएको हो। ‘नयाँ व्यवस्थाअनुसार अनिवार्य रुपमा भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण गरेपछि मात्र भन्सारले सम्बन्धित ठाउँमा लैजान अनुमति दिन्छ,’ ती सहसचिवले भने, ‘तर भारतले पठाएको पत्रमा क्वारेन्टाइन जाँच गरेपछि पनि किन विषादी परीक्षण गर्नुपर्ने भनिएको छ। क्वारेन्टाइन र पेस्टिसाइट जाँच फरक विषय हुन्।’ भारतले सिमानामा विषादी जाँचका लागि प्रयोगशाला नभएको भन्दै उत्पत्तिको प्रमाणपत्रकै आधारमा भित्रिन दिनुपर्ने जिकिरसमेत गरेको छ।
अहिले सीमानाकामा विषादी जाँच गर्ने ‘पेस्टिसाइट एनलाइसिस प्रोमोटोग्राफी’ मेसिन नहुँदा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भित्र्याउन ल्याइएका तरकारी र फलफूलको नमुना ल्याएर कालिमाटी तरकारी तथा फलफूल विकास समितिमा विषादी जाँच गरिरहेका छन्। ‘सीमानाकामा प्रयोगशाला र आवश्यक संयन्त्र छैन भन्ने एउटा र भारतबाट आएका सामान निर्वाध रुपमा भित्रिन पाउनुपर्छ भन्ने अर्काे तर्क भारतीय पक्षको छ,’ ती सहसचिवले भने, ‘तर आफ्नो देशमा भित्रिने जुनसुकै वस्तुको गुणस्तर जाँच्न पाउने अधिकार सम्बन्धित देशलाई हुन्छ। नभए गुणस्तर जाँच्न दुवै मुलुकको साझा संयन्त्र हुनुपर्छ।’
मन्त्रालय स्रोतका अनुसार भारतको दबाब आएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव सीमानाकामा आवश्यक संयन्त्र निर्माण नभएसम्म नयाँ व्यवस्था कार्यान्वयन स्थगनको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने विषयमा मन्त्रालयका अधिकारीसँग छलफल गरेका छन्। तर मन्त्रालयअन्तर्गत वाणिज्य तथा आपूर्ति हेर्ने सचिव केदारबहादुर अधिकारी र सम्बद्ध महाशाखा अहिले पछाडि हटे यो व्यवस्था लागू नगर्न नसकिने भन्दै बरु तत्काल सीमानाकामा प्रयोगशाला र आवश्यक संयन्त्र निर्माण गर्नुपर्ने पक्षमा देखिएका छन्। तरकारी र फलफूलमा परनिर्भरता हटाउन पनि नयाँ व्यवस्था कार्यान्वयन गर्नुपर्ने र नेपालभित्र उत्पादन पनि बढाउन्पर्ने पक्षमा उनीहरू देखिएका छन्।
वाणिज्य तथा आपूर्ति हेर्ने सचिव अधिकारी मन्त्रालय बाहिर भएका बेला मन्त्री यादवले उद्योग हेर्ने सचिव यामकुमारी खतिवडामार्फत प्रस्ताव लैजाने तयारी गरे पनि सम्बन्धित महाशाखा र शाखा हेर्ने कर्मचारीले प्रतिवाद गरेपछि प्रक्रिया अघि बढेको छैन। ‘सुरुमा मन्त्रीज्यू निकै उत्साहित हुनुभएको थियो तर संयन्त्र नभएको बहानामा हटाउन प्रेसर बढेपछि उहाँलाई थेग्न गाह्रो भएजस्तो छ,’ मन्त्रालयका एक कर्मचारीले भने। पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले बाहिरी मुलुकबाट भित्रिने सामान जाँच गर्ने विषय सम्बन्धित देशको सार्वभौम अधिकारको विषय भएको बताए।
‘जनस्वास्थ्यका हिसाबले यो व्यवस्था ठीक छ, यसले स्वदेशी उत्पादन र उपभोग बढाउनसमेत मद्दत गर्छ’, ओझाले भने, ‘यो व्यवस्था सँगसँगै आवश्यक पूर्वाधार विकासमा जोड दिनु आवश्यक छ।’ ओझाले नेपालबाट बाहिर जाने सामान विभिन्न बहानामा रोकिने तर भित्रिने सामानको गुणस्तर जाँच गर्न पाइँदैन भन्न कसैले नमिल्ने बताए। ‘नेपालबाट फलफूल, अदुवा, चियालगायत वस्तु निर्यात गर्दा भारतले बेलाबेलामा रोकेर दुःख दिइरहन्छ, नेपालका उत्पादन बाहिर जान नसक्ने स्थिति छ,’ उनले भने,
‘हामीले मात्रै विष हालेको खानुपर्छ भन्ने छैन, देशभित्र उत्पादन बढाउने र जनस्वास्थ्यका हिसाबले यो जाँच गर्नु आवश्यक छ।’ उनले यसको दिगो व्यवस्थापनका लागि आपसी मान्यताको सम्झौताका आधारमा दुवै पक्ष मिलेर साझा संयन्त्र र पूर्वाधार निर्माण गर्नुपर्नेसमेत बताए।
मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले भारतीय दूताबासको पत्रबारे आफूलाई कुनै जानकारी नभएको बताए। ‘पत्रबारे मलाई केही जानकारी छैन,’ उनले भने, ‘यस विषयमा मैले भोलि (बिहीबार) साथीसँग सोधेर मात्रै भन्न सक्छु।’
भन्सार विभागको तथ्यांकअनुसार बितेका ११ महिनामा मात्रै भारतबाट नेपालमा २६ अर्ब ४६ करोड ७५ लाख रुपैयाँको तरकारी र १७ अर्ब तीन करोड रुपैयाँको फलफूल आयात भएको छ।

Wednesday, June 23, 2010

विदेशमा जाने कामदारको हकहितका लागि उठाएको रकम श्रममन्त्री द्वारा आफुखुसी खर्च

 काठमाडौं, असार  - वैदेशिक रोजगारीमा गएका कामदारको हकहितका लागि उठाएको रकम श्रममन्त्री मोहम्मद अफताब आलमले आफुखुसी खर्च गरेका छन्। विदेश जाने प्रत्येक कामदारबाट एक हजारका दरले उठाएको रकम कल्याणकारी कोषमा जम्मा हुन्छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले कोषको रकम परिचालन गर्छ।
'कोषमा जम्मा भएको रकम श्रममन्त्री आलमको गाडी इन्धनदेखि कार्यकक्षको सोफा किन्न खर्च गरिएको छ,' बोर्ड स्रोतले भन्यो 'मन्त्रीको गाडी मर्मतका लागि २ लाख ८६ हजार, इन्धनका लागि २ लाख ९१ हजार र कार्यकक्षमा सोफाका लागि २ लाख ५० हजार खर्च भएको छ।'
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रीलाई इन्धन खर्च वापत एकमुष्ठ नगद रकम दिने गरिन्छ। 'प्रधानमन्त्री कार्यालयबाट एकमुष्ठ रकम पाउदा पाउँदै थप रकम लिनु अनियमितता हो,' कार्यालयका एक अधिकारीले भने।
'मन्त्रालयको सोफा फेर्न त्यही प्रशासनिक खर्चबाट मिलाउनुपर्ने हो। तर, खुलमखुल्ला कोषको रकम प्रयोग भएको छ,' ती अधिकारीले भने।
'विदेशमा श्रम र पसिना खर्चिन गएका कामदारबाट उठाएको रकममा मन्त्रीको रजाई भइरहेको छ,' बोर्डका ती अधिकारीले भने, 'कामदारको पैसा उनीहरुको हकहितमा प्रयोग हुनुपर्ने हो तर, मन्त्रीले आफुखुशी प्रयोग गरिरहेका छन्।'
वैदेशिक रोजगार ऐनअनुसार कोषमा जम्मा भएको रकम बैधानिक तबरले विदेश गएका कामदार अलपत्र परे उद्धार गर्ने, शब ल्याउन पहल गर्ने, तोकिएको समयमा मुत्यु भए क्षतिपूर्ति दिने र रोजगार गन्तब्यको प्रवर्द्धन गर्ने उद्देश्य छ।
तर कोषको रकम कामदारको हकहितमा भन्दा मन्त्रीले आफुखुशी खर्च गर्नु उद्देश्यको पा्रवधान विपरित रहेको ती अधिकारीले बताए।
स्रोतका अनुसार प्रवर्द्धनका नाममा अनावश्यक रुपमा विभिन्न मुलुक घुम्न पनि रकम खर्च गरिएको छ। ती अधिकारीका अनुसार मन्त्री आलमले इजरायल, युनाईटेड अरब इमिरेट्स(युएई), कतार, जापान मुलुकको भ्रमण गरिसकेका छन्। इजरायल सरकारको कुनै निम्तो बिना आलम भ्रमणमा गएका थिए। इजरायल सरकारले नेपाली कामदारबाट बढी रकम लिने गरेको भन्दै कामदार जान प्रतिवन्ध लगाएको थियो। मन्त्रीसहितको टोली गए पनि अहिलेसम्म इजरायल नेपालीका लागि खुल्ला भएको छैन। कोषमा भएको रकमको पारदर्शीताका बारेमा विभिन्न समयमा प्रश्न उठ्ने गरेको थियो। कोषको आय/ब्ययभारको लेखापरीक्षण समेत अहिलेसम्म हुन सकेको छैन।
बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले वैधानिक तवरले कोषको रकम प्रयोग भएको बताए। 'हामीले वैधानिक तवरबाट रकम खर्च गरिरहेका छौ,' उनले नागरिकसँग भने, 'विदेश रोजगार गन्तब्य प्रवर्द्धनका लागि जाने पनि मन्त्रीपरिषदको निर्णयबाट हो। अन्य इन्धन खर्च लगायत कार्य पनि मन्त्रालयको निर्णय अनुसार हुने गरेको छ।'
उनले लेखापरीक्षणका लागि पहल भइरहेको जानकारी दिए। सरकारले २०६५ माघदेखि कोषको जिम्मा बोर्डलाई दिएको र त्यो भन्दा अगाडीको रकम वैदेशिक रोजगार विभागले नदिएकाले लेखापरीक्षणमा समस्या देखिएको उनले बताए।
बोर्डका अनुसार अहिलेसम्म ८ करोड ४५ लाख खर्च भएको छ। गतवर्ष २ करोड ११ लाख र यो वर्ष ६ करोड ३४ लाख खर्च भएको बोर्डले जनाएको छ। अहिले कोषमा रहेको
४५ करोड ३८ लाख विभिन्न वित्तीय संस्थामा राखिएको छ। वित्तीय संस्थामा राखेकोबाट यो वर्ष ३ करोड १८ लाख ब्याज आम्दानी प्राप्त भएको बोर्डले जनाएको छ।
कोषमा म्यानपावर कम्पनीको धरौटीको ब्याज, संस्था दर्ता, नविकरण, जरीवाना, अभिमूखीकरण दर्ता र नविकरणको रकम समेत जम्मा हुने गर्छ।
कोषको बिबरण बुझाउन निर्देशन
प्रधानमन्त्री कार्यालयले कल्याणकारी कोषमा जम्मा भएको रकमको यथार्थ जानकारी गराउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ। कार्यालयले मंगलबार पत्र पठाइ निर्देशन दिएको हो।
'कोषमा भएको रकम के कसरी खर्च भएको छ। त्यसको यथार्थ बिबरण पेश गर्न आग्रह गछौ,' कार्यालयले पठाएको पत्रमा भनिएको छ।

विहे गर्न नामेनेको झोंकमा भिनाजु द्वारा सालीको छोराको हत्या

र्लाही, अषाढ  पतिको मृत्यु भइसकेकी सालीले आफूसंग दोस्रो बिबाह गर्न नमानेको झोंकमा भिनाजुले मंगलबार बेलुका सालीको १ वर्षीय छोराको घाँटी थिचेर हत्या गरेका छन् । भक्तिपुर गाबिस-६ का हुलास माझीले छिमेकमै बस्ने साली ललितादेवीको काखको छोरा रोशनको हत्या गरेका हुन् । मजदुरी गरेर ५ वर्षीय एक छोरी र काखको छोरा पालन पोषण गर्दै आएकी ललितादेवीले आफ्नै भिनाजुले आफूमाथि बज्रपात गर्लान भन्ने सोचेकी समेत थिइनन् ।
काखे छोरा हेर्ने जिम्मा छोरीलाई दिएर जिविकोपार्जनका लागि मजदुरीका लागि अर्काको धान रोप्न गएकी ललिता र्फकंदा छोराको हत्या भइसकेको थियो ।
'मेरै भिनाजुले छोरीको हातबाट खोसेर खेलाउँछु भनेर लगेको रहेछ,' बुधबार जिल्ला प्रहरी कार्यालय मलंगवामा रुंदै पुगेकी ललिताले भनिन, 'जंगल जस्तो एकान्त ठाउँमा लगेर घाँटी थिचेर मारेछ ।'
घर पुगेर छोरा खोज्दा नभेटेपछि छोरीमार्फत हुलासले लगेको थाहा पाएको ललिताले बताइन् । राती अबेर सम्म खोज्दा पनि नभेटेपछि गाउँलेले हुलासलाई समातेर कुटपिट गरेका थिए । कुटपिट लगत्तै उनले हत्या गरेर फ्यालेको स्थान देखाएका हुन् । मृतक बालक फेला पर्नासाथ गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले हत्या आरोपमा हुलासलाई पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा राखेको छ । उनले हत्या आफूले गरेको स्वीकारेका छन् ।
हिरासतमा रहेका हुलासले सालीले बिहे गर्न नमानेको रिसमा रोशनको हत्या गरेको कान्तिपुरलाई बताए । 'आबेशमा आएर हत्या गरें,' उनले भने, 'बच्चाको कारण कुनै समस्या थिएन तर, त्यतिखेर दिमागले काम गरेन् ।'
सन्काहा स्वभाबका हुलास गाउँमा झै झगडा र कुटपिट गर्ने ब्यक्तिको रुपमा चिनिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्ष्ाक लालबाबु साहले पक्राउ लगत्तै हुलासले बालक हत्या स्वीकारे र कर्तब्य ज्यानमा कारबाही चलाइने बताए ।  कान्तिपुर

Tuesday, June 01, 2010

माओवादीबाट सहमति उल्लंघन: एमाले


काठमाडौ, जेष्ठ १८ -
एमाले स्थायी कमिटीले संविधानसभाको कार्यकाल विस्तार गनुअघि तीन दलबीच भएको समझदारी माओवादीबाट उल्लंघन भएको निस्कर्ष निकालेको छ ।
पार्टी स्थायी कमिटीको मंगलबार भएको बैठकले शान्ति प्रक्रियाका विषयमा हुने सहमति र राष्ट्रिय सरकार गठन प्रक्रियाको सुरुवात सँगसँगै हुनुपर्नेमा जोड दिएको हो ।
बैठकमा अध्यक्ष झलनाथ खनाल र स्थायी कमिटी सदस्य केपी ओलीले तीन दलबीच तीनबुँदे सहमति निर्माणको प्रक्रियाबारे जानकारी गराएका थिए ।
स्रोतका अनुसार अध्यक्ष खनालले शान्ति र संविधान निर्माणसहितको राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको बताए भने ओलीले प्रधानमन्त्रीलाई २४ घन्टामा राजीनामा गर्न माओवादीले दिएको अल्टिमेटम सहमतिविपरीत भएको बताए ।
ओलीले सहमतिबारे माओवादीले अपव्याख्या गरी प्रधानमन्त्रीको राजीनामालाई सर्त बनाएको टिप्पणी गरे । 'शान्ति प्रक्रियाका विषयमा दुई दिनमै सहमतिमा पुग्न सकिन्छ भन्ने पुष्पकमल दाहालको प्रस्ताव थियो,' ओलीलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, 'दुई दिनमा सकिँदैन पाँच दिनमा गरौं भन्ने कुरा भएको हो । शान्ति प्रक्रियाका विषयमा सहमति नभई राजीनामा गर्ने कुरा भएको होइन ।' उनले सहमतिको एक र तीन नम्बर बुँदा अन्तरसम्बन्धित भएकोमा जोड दिएका थिए ।
बैठकमा महासचिव ईश्वर पोखरेलले माओवादीसँग भएको पछिल्लो वार्ताबारे जानकारी गराएका थिए । 'संविधासभा विस्तारपछि बसेको तीन दलको पहिलो बैठकमा शान्ति प्रक्रियासँग सम्बन्धित विषयलाई छिटो टुंग्याउन माओवादी अध्यक्ष दाहाल तयार देखिएका थिए,' पोखरेलको भनाइ उद्धृत गर्दै बैठकका एक सदस्यले भने, 'लडाकुको संख्या र मापदण्डबारे ठोस प्रस्तावसहित अर्को बैठक गर्ने सहमतिबाट माओवादी पछि हटेको छ ।'
पछिल्लो पटक माओवादीले प्रधानमन्त्रीले राजीनामा गर्ने समझदारी कांग्रेस-एमालेले उल्लंघन गरेको आरोप लगाउँदै माओवादीले उनीहरूसँग वार्तामा नबस्ने घोषणा गरेको छ ।

Sunday, May 30, 2010

संविधानसभाको म्याद एक वर्ष थप

काठमाडौं, जेठ : विघटनको संघारमा पुगेको संविधानसभा दलहरूबीच अन्तिम घडीमा भएको सहमतिले बल्लतल्ल जोगिएको छ । आफैंले तोकेको समयभित्र संविधान बनाउन असफल भएपछि दलहरूले शुक्रबार मध्यरात संविधानसभाको आयु एक वर्ष तन्काउने सहमति गरेका छन् ।
दलहरूबीचको सहमतिपछि मध्यराति बसेको व्यवस्थापिका संसद् बैठकले संविधानसभाको म्याद थप्न सरकारले ल्याएको अन्तरिम संविधानको आठौँ संशोधन विधेयक दुईतिहाइ बहुमतले पारित गरेको छ । संविधानसभाको म्याद सकिन २० मिनेट बाँकी छँदा -राति ११ः४० मा) सुरु भएको संसद् बैठकले सरकारी विधेयक पारित गरेपछि संविधानसभाको आयु ०६८ जेठ १४ गतेसम्मका लागि लम्बिएको छ ।  म्याद थपको साँचो बोकेको माओवादीले प्रधानमन्त्रीको राजीनामालाई सर्त बनाएको थियो भने कांग्रेस र एमालेले प्याकेजमा सहमति खोजिनुपर्ने अडान राखेका थिए । सत्ताधारी प्रमुख दुई दलको आड पाएका प्रधानमन्त्री माधवकुमार नेपाल कुनै हालतमा राजीनामा दिन तयार भएनन् ।
दुवै पक्ष आ-आफनै हठमा कायम रहेपछि शुक्रबार अबेरसम्म संविधानसभाबारे अन्योल र अनिश्चय कायम थियो । म्याद सकिनुभन्दा करिब दुई घन्टा अघिमात्र माओवादी र सरकार दुवै पक्ष केही लचिलो भएपछि सहमति सम्भव बनेको हो । तीनदलीय सहमतिअनुसार प्रधानमन्त्री नेपालले सहमतिको आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न 'अविलम्ब' राजीनामा दिएर बाटो खोलिदिने भएका छन् । कानुनमन्त्री प्रेमबहादुर सिंहले प्रस्तुत गरेको सरकारी विधेयकलाई सभामुख सुवास नेम्वाङले बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा पक्षमा ५ सय ८० र विपक्षमा ५ मत पर्‍यो । मत विभाजन प्रक्रियाद्वारा निर्णय लिइएको हो । सरकारी विधेयकको विपक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मात्रै मत हालेको छ । मतदानमा ५ सय ८५ सभासद्ले भाग लिएका थिए । चार सभासद् भने मतदान हुँदा बैठकमा उपस्थित भएनन् ।
सरकारी विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै राप्रपा नेपालका चन्द्रबहादुर गुरुङले संविधान निर्माणको काममा जुट्नुपर्ने समयमा कांग्रेस, एमाले र माओवादी सत्तालिप्साको खेलमा लागेको आरोप लगाए । अहिलेको संविधानसभाको म्याद थप्नुको सट्टा ताजा जनादेशका लागि निर्वाचनमा जानु उपयुक्त हुने उनले बताए । 'अहिलेको उत्तम विकल्प संविधानसभाको आयु बढाउने नभएर ताजा जनादेश लिनु हो,' गुरुङले भने ।
संविधानसभाको म्याद थप्ने विषयमा दलहरू एकमत हुन नसक्दा बिहान आठ बजे बोलाइएको संसद् बैठक झन्डै १६ घन्टा ढिलो सुरु भएको थियो । समयाभावका कारण संविधान संशोधन प्रक्रिया छोट्याइयो । व्यवस्थापिका संसद् नियमावलीको नियम ६५ र ६७ निलम्बन गरेर संशोधन प्रक्रिया अगाडि बढाइयो । विधेयक पारित गर्दा दुईपटक संसद् बैठक बस्यो ।
दलहरूबीच सहमति भएपछि संसद् बैठक सुरु हुनेबित्तिकै माओवादीका तर्फब्ााट देव गुरुङ र एकराज भण्डारी तथा सद्भावनाकी सरिता गिरीले सरकारी विधेयकविरुद्ध सचिवालयमा दिएको विरोधको सूचना फिर्ता लिएका थिए ।
दलहरूले तीनबुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् । शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन तथा संविधान निर्माणका बाँकी कामहरूलाई पूरा गर्न सहमति र सहकार्यका साथ पूरा गर्ने, संविधानसभाको समयावधि एक वर्ष थप गर्ने र प्रधानमन्त्रीले अविलम्ब राजीनामा गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । प्रतिबद्धतापत्रमा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष्ा झलनाथ खनालले हस्ताक्षर गरेका छन् ।
सरकारी विधेयक पारित भएपछि प्रधानमन्त्री नेपालले दलहरूबीच सहमति हुनेबित्तिकै आफूले राजीनामा दिने बताए । 'राजनीतिको नयाँ अध्याय सुरु भएको छ । दलहरूबीच सहमति हुनेबित्तिकै म राजीनामा दिन्छु,' पत्रकारहरूबीच प्रधानमन्त्री नेपालले भने ।
त्यसअघि दिनभरि संविधानसभा भवनभित्रै दलहरूबीच सहमतिको लामो प्रयास भएको थियो । प्रधानमन्त्रीसहित सबै दलका नेताहरू संविधानसभा भवनमा जम्मा भएका थिए । द्विपक्षीय, त्रिपक्षीय मात्रै नभएर एउटै दलका नेताहरूबीच पनि दिनभरि वार्ता चलेको थियो ।
यसरी भयो सहमति
काठमाडौं/ बिहानैदखि प्रमुख तीन दलबीच निरन्तर वैठकहरु भइरहे पनि अबेरसम्म सहमति नजिक पुगेका थिएनन् । अन्तिम समयमा प्रमुख प्रतिपक्षी माओवादी र सत्ताधारी कांग्रेस/एमाले आ-आफ्ना अडानमा क्रमशः लचिलो बन्दै गएपछि सहमति सम्भव भयो ।
शुरुमा माओवादीले संविधानसभाको म्याद थप्न प्रधानमन्त्रीको राजिनामा शर्तका रुपमा राखेको थियो भने कांग्रेस/एमालेले प्याकेजमा सहमति हुनुपर्ने अडान लिएका थिए । साँझ परेपछि माओवादीले १५ दिनभित्र प्रधानमन्त्रीले राजिनामा गर्नुपर्ने प्रस्ताव गर्‍यो । कांग्रेस/एमाले भने टसमस भएनन् ।
दलहरुबीच द्विपक्षिय, त्रिपक्षिय र बहुपक्षिय वार्ता हुँदै गयो, कांग्रेस/एमाले पनि लचिलो बन्दै गए । कांग्रेस/एमालेले सहमतिपत्रमा 'राष्ट्रिय सरकार गठनकालागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने' शब्द राख्न सकिने प्रस्ताव गरे । माओवादीले भने राजिनामा नै लेख्नुपर्ने अडान लियो ।
अन्ततः सहमतिपत्रमा 'राष्ट्रिय सरकार गठनकालागि उपयुक्त समयमा प्रधानमन्त्रीले राजीनामा दिने' वाक्यांशमा दुवै पक्ष मञ्जुर भए । यद्यपी, माओवादीले भने प्रधानमन्त्रीले राजीनामा दिने समयावधि नै तोक्नुपर्ने अडान राख्यो ।
बिस्तारै दलहरु आफ्ना अडानमा अझ लचिलो बन्दै आए । वार्तामा संलग्न एक नेताका अनुसार अन्तिम समयमा एमाले नेता केपी ओलीको उपस्थितिपछि वार्तामा निणर्ायक सहमति बनेको हो । उनले पहिला कांग्रेस नेताहरुसित छलफल गरेपछि माओवादी अध्यक्ष प्रचण्डसित गोप्य छलफल गरेका थिए । त्यही छलफल निर्णयक बन्योउ । नेता ओलीले आफुले प्रस्ताव गरेको 'राष्ट्रिय सरकार गठनकालागि प्रधानमन्त्री अविलम्ब राजिनामा गर्न तत्पर रहने' शब्द सहमतिपत्रमा राख्न कांग्रेस र माओवादी नेताहरुलाई मनाउन सफल भए ।
कांग्रेस र माओवादी नेताहरुलाई मनाउन सफल भएपछि नेता ओली सवा एघार बजे संविधानसभा भवनबाट बाहिरिए । 'कुरा मिल्यो, अब संविधानसभाको म्याद थपिन्छ', बाहिरिने क्रममा मुसुमुसु हास्दै ओलीले नयाँ पत्रिकालाई संक्षिप्त प्रतिक्रिया दिए ।

दिनभर के-के भयो ?

 काठमाडौं, जेठ : बिहान आठ बजेका लागि डाकिएको बैठक संविधानसभाका मुख्य तीन दल सहमतिमा पुग्न नसकेपछि समयमै बस्न सकेन । पार्टी संसदीय दलको बैठकमा संविधान संशोधनको प्रस्तावमा मतदान गर्ने ह्विप जारी गरी एमाले अध्यक्ष झलनाथ खनाल बिहान आठ बजे नै संविधानसभा भवन पुगेका थिए । खनाललगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधानसभा भवन छिरेका थिए । नौ बजे संविधानसभा भवन पुगेका प्रधानमन्त्री माधवकुमार नेपाल दलहरूबीच सहमति नभएपछि ९ बजेर ४७ मिनेटमा बाहिरिएर प्रधानमन्त्री कार्यालय सिंहदरबार र्फकेका थिए ।
कांग्रेस कार्यबाहक सभापति सुशील कोइराला साढे ११ बजे संविधानसभा भवन पुगेपछि एमाले र कांग्रेसका नेताहरूबीच दुईपक्षीय छलफल भएको थियो । दुवै दलले संविधानसभाको म्याद थपका लागि माओवादीलाई आग्रह गर्ने र म्याद थपका लागि प्रधानमन्त्रीको राजीनामाको सर्तलाई नमान्ने सहमति गरेका थिए ।
त्यसलगत्तै बसेको माओवादी स्थायी समितिको बैठकले प्रधानमन्त्रीको राजीनामा नआई संविधानसभाको म्याद नथप्ने निर्णय गरेको थियो । कांग्रेस र एमालेको दुईपक्षीय बैठक र माओवादी स्थायी समितिको बैठकपछि तीन दलका शीर्ष नेता र वार्ताटोलीका सदस्य त्रिपक्षीय वार्तामा सहभागी भएका थिए । शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार गठनका लागि तीनै दल सहमत भए पनि प्रधानमन्त्रीको राजीनामाको समयसीमा तोक्ने विषयमा उनीहरूबीच कुरा मिलिरहेको थिएन । माओवादीले प्रधानमन्त्रीले राजीनामा दिने मिति तोकेरै प्रतिबद्धता व्यक्त गर्नुपर्ने अडान राखेको थियो भने कांग्रेस र एमालेले शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्याकेजमा सहमति भएपछि कार्यान्वयनका लागि मार्गप्रशस्त गर्ने अडान राखेका थिए ।
यसैबीच तीन दलका शीर्ष नेता र वार्ता टोलीका सदस्यहरूबीच दुईपक्षीय र त्रिपक्षीय बैठक पटकपटक बसेको थियो । पटकपटक सहमतिको मस्यौदा तयार गर्दै र त्यसमा छलफल गर्दै दुईपक्षीय वार्ता भएका थिए । छलफलमा माओवादीका तर्फबाट अध्यक्ष दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतका नेता थिए । कांग्रेस कार्यबाहक सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेल, प्रवक्ता अर्जुननरसिंह केसी, नेताहरू रामशरण महत, कृष्ण सिटौला, पूर्वसांसद् अमरेशकुमार सिंह सहभागी थिए । एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, नेताहरू भरतमोहन अधिकारी, प्रदीप ज्ञवाली वार्तामा दिनभर खटिरहेका थिए । वरिष्ठ नेता केपी शर्मा ओली भने साँझपछि मात्र वार्तामा सहभागी भएका थिए । नेताहरूका व्यक्तिगत भेटघाट पनि दिनभर नै चलिरह्यो । एमाले अध्यक्ष खनाल र माओवादी अध्यक्ष दाहाल तथा कांग्रेस नेता कृष्ण सिटौलाबीच पटकपटक व्यक्तिगत तवरमा समेत दिउँसो पटकपटक कुराकानी भएको थियो 
यता संविधानसभा भवनबाट बाहिरिएर कार्यालय र्फकेका प्रधानमन्त्री नेपालले पार्टीका आफूनिकटका केन्द्रीय सदस्यसँग परामर्श गरिरहेका थिए । प्रधानमन्त्री नेपाल, उपप्रधानमन्त्री विजयकुमार गच्छदारबीच नयाँ परिस्थितिबारे भेटवार्ता भएको थियो । प्रधानमन्त्री कार्यालयबाट गच्छदार बाहिरिएलगत्तै एमाले वरिष्ठ नेता ओली सिंहदरबार छिरेका थिए । उनले प्रधानमन्त्री नेपालसँग लामो समय एकान्तमा परामर्श गरेका थिए ।
दलहरुबीच सहमति नहुने देखेपछि कांग्रेस केन्द्रीय सदस्य नरहरी आचार्यले संविधानसभा परिसरमै पत्रकार सम्मेलन गरी आफुले तयार गरेको संविधान सार्वजनिक गरेका थिए । संविधान नबन्ने पक्का भएपछि आफुले मुलुकलाई संविधानविहन हुन नदिन संविधान सार्वजनिक गरेको उनले बताए ।
साँझ दलहरूबीच सहमतिको सम्भावना क्षीण हुँदै गएपछि प्रधानमन्त्री नेपाल म्याद थपबारे भएको सहमति प्रयास जानकारी गराउन र सहमति नभए चाल्नुपर्ने कदमबारे छलफल गर्न राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न राष्ट्रपति भवनमा पुगेका थिए । राष्ट्रपतिसमक्ष सहमति प्रयासबारे प्रधानमन्त्री नेपालले जानकारी गराएर र्फकेपछि एमाले वरिष्ठ नेता ओली संविधानसभा भवनमा पुगेका थिए । छलफलमा ओलीको सहभागितापछि अन्तिम अवस्थामा दलहरू सहमतिनजिक पुगेका थिए । ओलीले कांग्रेस नेताहरूसँग छुट्टै भेट गरी माओवादी अध्यक्ष दाहालसँग भेट गरेपछि दलहरू त्रिपक्षीय सहमतिमा पुगेका हुन् । ओली तीन दल संविधानसभाको म्याद थप गर्ने सहमति गरी प्रधानमन्त्री नेपाललाई भेट्न राति प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । ओलीसँगको भेटपछि प्रधानमन्त्री नेपाल संविधानसभा भवनमा राति छिरेका थिए र संसद्को बैठक सुरु भएको थियो ।
यसअघि रामचन्द्र झालगायतका एमाले सभासद्ले पार्टी अध्यक्ष भलनाथ खनाललाई घेराउ गरी प्रधानमन्त्रीलाई राजीनामा गराउन वा नसके आफैं पार्टी अध्यक्षबाट राजीनामा दिन दबाब दिएका थिए । अध्यक्ष खनालपक्षीय केही सभासद्ले प्रधानमन्त्रीलाई राजीनामा गराउन दबाब दिएपछि एमाले केन्द्रीय कमिटीका ६२ जना सदस्यले केन्द्रीय कमिटीको म्यान्डेटविपरीत सहमति नगर्न खबरदारी गर्ने बेहोरामा हस्ताक्षर गरेका थिए ।
दलहरूबीच संविधानसभाको अवधि थप्न सहमति ढिलो भइरहेकै वेला महिला सभासद्हरूले भने संविधानसभाको अवधि थप्न छिटो सहमतिमा पुग्न दबाब दिँदै रोस्ट्रममा नाराबाजी गरेका थिए ।

नयाँ अध्याय सुरु भयो
माधवकुमार नेपाल, प्रधानमन्त्री

अन्तरिम संविधानको आठौं संशोधनले संविधानसभाको म्याद बढेको छ । यो सबैभन्दा ठूलो कुरा हो । हामीले नयाँ संविधान निर्माण गर्ने एक वर्षको समय फेरि पाएका छौं । यो समयमा हामीले शान्तिप्रक्रियालाई छिटोभन्दा छिटो सार्थक निष्कर्षमा पुर्‍याउनुपर्दछ । साथै, यो समयलाई संविधान निर्माण कार्यमा लाग्न र सहमतीय राजनीतिको नयाँ यात्रा सुरु गर्न प्रयोग गर्नुपर्दछ । दलहरूबीच निर्माण भएको सहमतिबाट राजनीतिको नयाँ अध्याय सुरु भएको छ । दलहरूबीच निर्माण भएको सहमतिमा म बाधक बन्दिनँ ।

जनताको जित भयो
पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष माओवादी

नेपाली जनताको चाहना शान्ति र संविधान हो, यसको जित भएको छ । यो प्रक्रियालाई भत्काउन खोज्ने प्रवृत्तिको पराजित भएको छ । यो हामी सबै नेपालीको महान् जित हो । आज जुन सहमति निर्माण भएको छ, त्यसले शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन र संविधान लेखनको कुरालाई सुनिश्चिता गरेको छ । यो हामी सबैका निम्ति गर्वको कुरा हो ।
राम्रोसँग उपयोग गर्नुपर्छ
रामचन्द्र पौडेल, नेता संसदीय दल कांग्रेस
राजनीतिक अन्योललाई चिर्दै दलहरूबीच निर्माण भएको सहमतिबाट संविधानसभाको म्याद एक वर्ष बढेको छ । यो एक वर्षलाई शान्ति र संविधान निर्माणमा राम्रोसँग उपयोग गर्नुपर्दछ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई साकार बनाउन र राम्रो संविधान निर्माणका लागि अबको एक वर्षलाई हामी उपयोग गर्नेछांै, साथै यसका आधारमा जारी शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउनेछौं । यसका लागि हामी तत्कालै दलहरूबीच वार्ता र संवादलाई अघि बढाउनेछौं । प्रमुख तीन दलबीच शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउने, संविधानसभाको म्याद थप गर्ने र राष्ट्रिय सहमतिको सरकार गठनतर्फ अग्रसर हुने सहमति भएको छ ।

हामी सक्षम भयौं
झलनाथ खनाल, अध्यक्ष एमाले
राति साढे एक बजेसम्म लगाएर अन्तरिम संविधानको आठौं संशोधन भएको छ । यसले संविधानसभाको समय एक वर्षका लागि बढेको छ । संविधानसभाको समय बढाउने सिलसिलाले अत्यन्त जटिल रूप लिन पुग्यो, तर हामी अन्तिम समयमा आएर भए पनि सहमतिमा पुगेका छौं । संविधानसभा समाप्त हुने भयो भन्नेमा विश्वको नै ध्यान नेपालतर्फ तानिएका वेला नेपालका राजनीतिक दल आपसमा द्वन्द्व गर्न मात्र होइन, सहमति निर्माण गर्न पनि सक्षम छन् भन्ने हामीले देखाएका छौं । अब बहुमतीय प्रक्रियाबाट नभई राष्ट्रिय सहमतिबाट अघि बढ्ने प्रतिबद्धता जनाएका छौं । राष्ट्रिय सरकार निर्माणका लागि वर्तमान प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने र यथाशीघ्र नयाँ सरकार गठन गर्ने सहमति हामीबीच भएको छ । आइतबार प्रमुख दलका शीर्ष नेताहरूको बैठक बस्नेछ र त्यस बैठकले दलहरूको नयाँ यात्रा तय गर्नेछ ।

संविधानसभा र माओवादी

काठमाडौं, जेठ : संविधानसभा र माओवादीबीचको अन्तर्सम्बन्ध अरू दलभन्दा धेरै छ । सायद यसैले माओवादी भन्ने गर्छ 'हामीले जन्माएका हौँ संविधानसभा ।'
माओवादीले जनयुद्धकालभर संविधानसभाको मुद्दा उठाइरह्यो भने यसैका कारण दुई पटकसम्मका शान्तिवार्ता विफल भए । दसौं हजार नागरिकको ज्यान गयो, कयौं बेपत्ता, कयौं घाइते, कयौं अपांग भए, अनगिन्ती विस्थापित पनि भए ।
राजतन्त्रात्मक संसदीय व्यवस्थाबाट जनताका समस्या समाधान नहुने ठहर गर्दै माओवादीले ०५२ फागुन १ देखि जनयुद्ध सुरु गरेको थियो । तत्कालीन शेरबहादुर देउवा सरकारले माओवादीलाई वार्ताका लागि आह्वान गरेपछि माओवादीले ०५८ साउन ८ मा युद्धविराम गरी शान्तिवार्तामा बस्ने सहमति गर्‍यो ।
माओवादीले शान्तिवार्तामा गोलमेच सम्मेलन, अन्तरिम सरकार र गणतन्त्रको संस्थागत गर्ने मुख्य माग सरकारसँग पेस गर्ने निर्णय गर्‍यो । तर, सरकारको प्रतिनिधिले त्यो मागलाई ठाडै अस्वीकार गरे । उनीहरूले ०४७ सालको संविधानमा सामान्य सुधार गर्ने बताए । कात्तिक २८ गते गोदावारीको तेस्रो वार्तामा माओवादीले गणतन्त्रको मागलाई स्थगित गर्‍यो र संविधानसभाको निर्वाचन अगाडि सार्‍यो । तर, सरकार 'सबै ढोका बन्द गरी युद्धकै तयारीमा लागेको' भन्दै माओवादी अध्यक्षले ०५८ मंसिर ६ मा वक्तव्यमार्फत युद्धविराम भंग भएको घोषणा गरे । संविधानसभाकै मुद्दाले पहिलो वार्ता भंगको अवस्था आयो ।
वार्ता भंगलगत्तै ०५८ मंसिर ८ मा माओवादीले दाङ-घोराही ब्यारेक र आसपासका प्रहरीचौकीमाथि हमला गर्‍यो । सरकारले मंसिर ११ मा संकटकाल लगाई सेना परिचालन गर्‍यो । माओवादी नेता तथा कार्यकर्ताको टाउकोको मोल ५० लाखसम्म तोकियो । संकटकाल लगाइयो । रेडकर्नर नोटिस जारी भयो । माओवादीलाई आतंककारी घोषणा गरियो पनि ।
नयाँ राजनीतिक शक्ति सन्तुलनसँगै माओवादी अध्यक्षले ०५९ वैशाख ३१ मा संसद्को छलफलबाट संकट समाधान गरी देशलाई अग्रगामी दिशामा लैजान पत्राचार गरे । त्यसलगत्तै ०५८ जेठ ८ मा देउवाले संसद् विघटन गरे ।
सरकार-माओवादी दोस्रो चरणको युद्धविराम भएपछि माओवादीले वरिष्ठ नेता डा. बाबुराम भट्टराईको संयोजकत्वमा रामबहादुर थापा, देव गुरुङ, कृष्णबहादुर महरा र मातृका यादव सदस्य रहेको वार्ताटोली घोषणा गर्‍यो । सरकारले युद्धविराम भएको तीन महिनापछि ६ जनाको वार्ता टोली घोषणा गर्‍यो जसमा मन्त्रीहरूमा बद्री मण्डल, रमेशनाथ पाण्डे, उपेन्द्र देवकोटा, नारायणसिंह पुन र अनुराधा कोइराला थिए । माओवादी वार्ता टोली ०५९ चैत १५ गते काठमाडौं, नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सार्वजनिक भयो । दोस्रो चरणको वार्तामा माओवादीले आफ्नो बटम लाइनका रूपमा गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभा अगाडि सार्‍यो । वार्तामा सरकार माओवादीबीच केही सहमति भए ।
सूर्यबहादुर थापाको नेतृत्वमा राजाको सरकार बनाएपछि वार्ताटोलीमा मन्त्री प्रकाशचन्द्र लोहनी र कमल थापालाई घोषणा गरियो । तर, त्यतिखेर वार्ता भंग हुने स्थितिमा पुग्दै थियो । ०६० साउन ३२ मा दाङको हापुरेमा तेस्रो वार्ता तयारीकै दिन शाही सेनाले रामेछापको दोरम्बामा २१ जना माओवादी नेता तथा कार्यकर्ताको हत्या गर्‍यो । 'वार्तामा माओवादीलाई भुल्याएर शाही सेनाले माओवादीलाई घेरा हाल्ने र सखाप पार्ने गुरुयोजना' देखिएको भन्दै ०६० भदौ १० मा युद्धविराम भंग भएको घोषणा गरियो । दोस्रो वार्ता पनि भंग भयो संविधानसभाको मागका कारण ।
संविधानसभा निर्वाचनमा जानेलगायतका १२ बुँदे समझदारी भएको थियो ०६२ मंसिर ७ मा सात दल र माओवादीबीच । त्यसपछि राजनीतिक घटनाक्रम विकसित हुँदै ०६२-६३ मा जनआन्दोलन भयो । माओवादी फौजी कारवाही बढे । अन्तत जनआन्दोलन सफल भयो र प्रतिनिधिसभा पुनस्र्थापित भयो, वार्ता हुँदै गए र ७ मंसिर ०६३ मा माओवादी र सरकारबीच विस्तृत शान्तिसम्झौता भयो । १९ हजार लडाकु शिविरमा बसे । त्यसपछि बनेको अन्तरिम व्यवस्थापिकामा माओवादीले प्रतिनिधित्व गर्‍यो । अन्तरिम संविधान बन्यो र दलहरूबीच संविधानसभाको निर्वाचनमार्फत मुलुकलाई आर्थिक, सामाजिक अग्रगामी परिवर्तन गर्ने सहमति भयो ।
दुईपटकसम्म संविधानसभाको निर्वाचन स्थगित भयो । तैपनि तेस्रोपटकमा ०६४ चैत २८ मा संविधानसभाको निर्वाचन भयो । संविधानसभाको निर्वाचनमा ५५ वटा राजनीतिक दलले भाग लिएका थिए । त्यसमध्ये नौ वटा राजनीतिक दलले दुई सय ४० सिटको प्रत्यक्ष निर्वाचनमा आ-आफ्ना उम्मेदवार प्रतिनिधि निर्वाचन गराए । त्यसमा एक सय २० सिट माओवादीले जित्यो । ६ दशकदेखि थाती रहेको संविधानसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो र माओवादी सबैभन्दा ठूलो दल बन्यो ।
संविधानसभाको निर्वाचनकै आधारमा निर्वाचन भएको चार महिनापछि माओवादी नेतृत्वको सरकार बन्यो । नौ महिनासम्म सरकारको नेतृत्व गर्‍यो माओवादीले । सेनापति प्रकरणमा राष्ट्रपतिले चालेका कदम असंवैधानिक भएको र यसले दोहोर सत्ताको खतरा रहेको भन्दै प्रचण्डले २१ वैशाख ०६६ मा राजीनामा गरे । राजीनामासँगै प्रचण्डले संविधानसभा विघटनको षड्यन्त्र सुरु भएको बताए ।
त्यसपछि माओवादीले संविधानसभाबाट नागरिक सर्वोच्चताको मुद्दा सुल्टाउने प्रयास गर्‍यो, तर यसले सदनमा ठाउँ पाएन । माओवादीले एक वर्षसम्म सडक र सदन आन्दोलन चर्कायो । आफ्ना माग सम्बोधन नभएकोमा असन्तुष्टि जनाउँदै आयो माओवादीले । दलहरूबीच बढ्दो विवादले गत चैतदेखि संविधानसभाको कामसमेत प्रभावित भयो ।
यस्तैमा माओवादीको पछिल्लोपटक १० जेठमा सम्पन्न केन्द्रीय समिति बैठकले सहमति प्रणालीमा जाने सुनिश्चितता र प्रधानमन्त्रीको राजीनामा नआएसम्म संविधानसाको म्याद थप्नुको औचित्य नहुने निर्णय लियो । अन्ततः माओवादी यही निर्णयमा बस्यो र १४ जेठमा प्रधानमन्त्रीको राजीनामा र सहमति प्रणालीमा जाने सुनिश्चितता नभएपछि संविधानसभाको म्याद बढाउन सहमत भएन अन्तिमसम्म । तर, पौने एघार बजे तीन दलको बैठकले संविधानसभा बढाउने विषयमा सहमति कायम गरेपछि डुब्नै थालेको संविधानसभाको जहाज बच्यो ।

संविधानसभा बाहिर जे देखियो
संविधानसभाको अन्तिम दिन १४ जेठमा संविधानसभा परिसरमा जति चहलपहल थियो त्यसभन्दा कम थिएन भवनबाहिरको चहलपहल । आक्रोश, निराशा र चिन्ता देखिन्थ्यो संविधानसभा बचाउन र सहमतिका वातावरण बनाउनका लागि दबाब दिन सडकमा आएका सर्वसाधारणमा ।
बिहान आठ बजेदेखि नै संविधानसभा भवनभित्र र बाहिर चहलपहल बढेको थियो । दिउँसोको गर्मीका बाबजुद दिनभर सडक तातिरह्यो । साँझपख ब्यानरमुनि बसेका मात्र होइन दबाब दिन आउने सर्वसाधारणको संख्या पनि बढेको थियो । बेलुकी पौने आठतिर संविधानसभा भवन बाहिर ठूलो आवाज आउँदा भागाभाग भए मानिसहरू, पछि त्यो पटका भएको थाहा भयो ।
शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनपर्ने, नयाँ संविधान जारी गर्नुपर्ने, संविधानसभाको म्याद थप्नुपर्ने र सबै दल सहभागी राष्ट्रिय सरकार बनाउनुपर्ने मागसहित सडकमा आएका थिए विभिन्न संघसंगठन । राजनीतिक दलका भ्रातृसंगठनदेखि नागरिक समाज र स्वयं सभासद् पनि दबाबका लागि सडकमा देखिन्थे । एउटा धर्नासँग अर्को धर्नामा बसेकाहरू जोडिएरसमेत बसेका थिए । सबैका आ-आफ्ना माग र नारा थिए, तर साझा मुद्दा थियो 'संविधानसभा विघटन नगर र सहमतिमा अगाडि बढ ।'
बाहिर धर्नामा बसेकामध्ये कोही भाषण गर्नमा व्यस्त थिए । कोही नाराबाजी गर्दै थिए त कोही संविधानसभा भवनमा भइरहेका घटनाक्रम जान्न रेडियो सुनिरहेका । धेरैले चासो दिइरहेका थिए, भित्र दलहरूबीच सहमति के भयो ? वार्ता चल्दै छ कि छैन ? के संविधानसा विघटन होला ? के प्रधानमन्त्रीले राजीनामा देलान् ?
बानेश्वर क्षेत्रमा बसेका दर्जनौं धर्नाकारी संस्थाका प्रतिनिधि र सर्वसाधारणले सडक कब्जा गरेपछि त्यस क्षेत्रमा यातायात सेवा प्रभावित भइरहेको थियो । सभासद् र पत्रकार संविधानसभा परिसरबाट भित्र-बाहिर गरिरहेका थिए । ठाँउ-ठाँउमा धर्ना र आमरण अनसमनमा बसेका थिए मानिसहरू संविधानसभा भवनबाहिर बानेश्वर क्षेत्रको सडकमा । सडकको धर्नालाई मध्यनजर गरेर ठूलो संख्यामा प्रहरी परिचालन भएका थिए । सडकसँग जोडिएका चिया र खाजा पसल व्यस्त थिए ।
नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय 'संविधानसभा विघटन नगर' भन्दै दबाबमूलक धर्नामा थियो । आदिवासी, जनजाति, महिला, दलित, अपांग, अति सीमान्तकृत, लोपोन्मुख मुस्लिम, पछाडि पारिएका वर्ग, समुदाय र क्षेत्रको अधिकार एवं पहिचान सुनिश्चित गर्ने मूल आधार संविधानसभा भएको भन्दै यसलाई बचाउनुपर्ने उसको माग थियो ।
नागरिक समाजका अगुवाहरू पनि भुइँमा पलेटी कसेर बसेका थिए । उनीहरू 'संविधानसभा विघटन नगर, सहमतिको सरकार निर्माण गर, प्रधानमन्त्री राजीनामा देऊ' लगयातका नारा लेखेका ब्यानर र प्लेकार्डमा देखिन्थे । स्वतन्त्र नागरिक समाजका प्लेकार्ड बोकेको एउटा समूह पनि धर्नामा बसेको थियो र माग पनि एउटै थियो 'संविधानसभा बचाऊ, शान्तिप्रक्रिया पूरा गर ।'
त्यसैगरी कपिलवस्तुका सभासद् अभिषेकप्रताप शाह पनि संविधानसभाको म्याद बढाउन माग गर्दै चार दिनदेखि आमरण अनसनमा बसेका थिए । 'राजनीतिक सहमति, दीर्घकालीन शान्ति एवं संविधानसभाबाट लोतान्त्रिक संविधान निर्माणका' लागि आफू आमरण अनसनमा बसेको उनको भनाइ थियो । उनलाई पार्टीका समर्थकले साथ दिएका थिए ।
सभासद् साह आमरण अनसनमै बसेको नजिकै संविधानसभा, राजनीतिक दलको खिचातानी र विवाद झल्काउने खालका दर्जनौं कार्टुन राखिएका थिए । कार्टुन हेर्ने पनि बाक्लै देखिन्थे ।
'लोकतान्त्रिक हिन्दू गणतन्त्र' स्थापनाको माग गर्दै नेपाल जनता पार्टी ब्यानर टाँगेर रिलेअनसमा बसेको थियो । राष्ट्रिय बेरोजगार युवा संघका प्रतिनिधि पनि दबाबका लागि संविधानसभा भवनबाहिर नाराबाजी गर्दै थिए । उनीहरूको माग पनि संविधानसभा बचाउने र संविधान लेखनका लागि सहमतिको बाटोमा जानुपर्ने थिए ।
उता दलित नागरिक समाज, क्षेत्री समाज राष्ट्रिय महासंघ, युवासंघ नेपालको रचनात्मक विभाग, नेविसंघ र नेवाः राष्ट्रिय मुक्ति मोर्चाले पनि ब्यानर झुन्डाएका थिए । माओवादीनिकट भ्रातृसंगठन पनि संविधानसभाबाहिर धर्नामा थिए । शान्ति र संविधानको सुनिश्चिताका लागि माधव नेपालको राजीनामा र राष्ट्रिय सहमतिको सरकारको ग्यारेन्टीका साथ संविधानसभाको म्याद थप गर्नुपर्ने माग राख्दै थिए उनीहरू । माओवादीनिकटका भ्रातृसंगठन र मोर्चाहरू प्रधानमन्त्री नेपालको पुत्ला बोकेर उनीविरुद्ध नाराबाजी गरिरहेका थिए । सभासद्का पुत्ला दहन भए ।

संविधानसभा भवनअगाडि विस्फोट
काठमाडौं/ संविधानसभा भवनको पूर्वीद्वारनजिकै शुक्रबार साँझ बम विस्फोट भएको छ । साँझ आठ बजे भएको विस्फोटबाट कुनै मानवीय क्षति भएन । प्रहरी वृत्त बानेश्वरका डिएसपी गणेश ऐरका अनुसार संविधानसभा भवनको पूर्वीद्वारनजिकैको रूखमा विस्फोट भएको हो । विस्फोट कसले र किन गरायो भन्ने खुलेको छैन । डिएसपी ऐरले बम नभई पटका विस्फोट भएको बताए । यसअघि गत शनिबार पनि संविधानसभा भवनअगाडि विस्फोट भएको थियो ।

Tuesday, May 25, 2010

मेघालयबाट नेपाली लखेटिए


        ४३ वर्षपछि थातथलो फेरियो-
झापा, जेठ १२- चौध वर्षको उमेरमा काम खोज्दै मेघालय पुग्दा बुटवलका नेत्रबहादुर विकलाई मुग्लान पनि आफ्नै आँगनजस्तै लागेको थियो। रहनसहन र भेषभुषा मिलेकाले मात्र होइन देखे-भेटेकाले नेपाली बोलेकाले उनलाई त्यो ठाउँ पराई लागेन। तर, ४३ वर्षपछि त्यही भूमिमा आफ्नो भाषाकै कारण उनले झन्डै ज्यान गुमाउनुपर्‍यो। नेपाली भाषी भएकैले स्थानीय खासी समुदायको आक्रमणमा उनी पनि परे। 'नेपाली हो भन्दै मर्नेगरी कुटे,' मेघालयको छालाङबाट भागेर मंगलबार काँकरभिट्टा आइपुगेका ५७ वर्षीय विकले भने, 'बल्लबल्ल ज्यान जोगाएर यहाँ आइपुगियो।'  ज्यान लिने धम्की बारम्बार आउन थालेपछि उनी वृद्ध आमा र लालाबालासहित जन्मभूमि आइपुगेका छन्। मेघालयका आदिवासी खासीहरूले रातैपिच्छे धम्क्याउन थालेपछि सबथोक माया मारेर हिँडेको उनले बताए। 'मर्नुभन्दा हिँड्नै जाती,' विकले भने, 'नछाडे मार्छौं, घर जलाउँछौं भन्न थाले।' आफ्ना छरछिमेकले पनि सँगै गाउँ छाडेको उनले बताए।
 कोइलाखानीमा मजदुरी गरेरै चार दसक बिताएका विक डेरामा बस्थे। सबेरै खानी गयो, दिनभरि गाडीमा कोइला लोड गर्‍यो, साँझ फर्कियो - यही उनको दैनिकी थियो। जति गर्‍यो त्यति ज्याला बढी पाइने हुनाले त्यस दिन उनी छिट्टै काममा गएका थिए। तर, धेरै कमाउन हतारहतार खानी पुगेका उनले ज्यानमारा हमला सहनुपर्‍यो।
 'काम सुरु गर्नै आँट्या थेँ,' त्यसदिनको घटना सुनाउँदै विकले नागरिकसँग भने, 'एक्कासी ढाडमा गह्रौं चिज बज्रियो, पछाडि फर्किन खोज्दा छातीमा उसैगरी ड्याम्म लाग्यो।'
 दुई/तीनजनाले ढुंगा हानेको बताउने उनलाई त्यसको कारण भने थाहै भएन। 'हिँड्ने बेला तँ नेपाली होइन? मेघालय छाडेर गइहाल भन्दै धम्क्याएर हिँडे,' उनले थपे, 'त्यसपछि अरूले मलाई अस्पताल लगे।' तीन दिनको उपचारपछि बोल्न सक्ने भएका उनलाई अहिले पनि खोक्दा, खाँदा र थुक निल्दा छाती दुख्छ।
 घरको कमजोर अवस्थाले आफूलाई हुर्र्कौलो उमेरमै मुग्लान जाने बाध्यता परेको उनले बताए। 'खानीमा सबै नेपाली दाजुभाइ छन्,' लामोसमय त्यहाँ काम गर्नुको कारणबारे उनले भने, 'उतै अडिएँ।'
 राम्रो आम्दानी हुँदै गएपछि डेढ दसकअघि उनले परिवार पनि उतै लगेका थिए। राम्ररी काम चल्दा दैनिक हजार भारुसम्म हाजिरा (ज्याला) बसाउने उनले आफ्ना दुई भाइलाई खानीमै काम लगाएका थिए। 'छोराले उतै राम्रो हुन्छ भनेपछि ग'का थियौं,' विककी ७० वर्षीया आमा पवित्राले भनिन्, 'अहिले घर न घाटको पारे।'
 उनीहरू हतारमा भाग्दा दुःख गरेर जोडेका भाँडाकुँडा र लत्ताकपडा ल्याउन भ्याएनन्। 'सबथोक राम्रै थियो,' खेदिनुको कारण राम्ररी थाहा नपाएकी पवित्राले गला अवरुद्ध पार्दै भनिन्, 'के गर्नु असत्तीहरूले बस्न देनन्।'
 चार केटाकेटीसहित नौजनाको परिवार मंगलबारै पुर्ख्यौली थलो बुटवल लागेको छ। 'यतै हलो जोतिन्छ,' आक्रमणमा घाइते नेत्रले भने, 'कम्तीमा खेदिनु त पर्दैन।'
 नेत्रबहादुरजस्ता वर्षौं मुग्लानमा पसिना चुहाएर उतैका रैथाने बनिसकेका ४० हजारभन्दा बढीले नेपाली भाषी भएकै कारण खेदिनुपर्‍यो। उनी त परिवारसहित पुर्ख्यौली गाउँ फर्के। तर, मुग्लान पसेका धेरैको नेपालमा टेक्ने ठाउँ छुटिसकेको छ। मंगलबार मात्रै त्यस्ता सयौं नेपालीभाषी काँकडभिट्टा आइपुगे।
 लांगपीको सीमा विवादमा आसाम प्रहरीले गोली चलाउँदा चार खासीको मृत्यु भएपछि बदला लिने नाममा नेपालीहरू तारो बनेका हुन्। खासीले अहिले नेपालीलाई खोजी-खोजी आक्रमण गरिरहेका छन्। सोमबारसम्म १७ जनाले ज्यान गुमाइसकेको आधिकारिक तथ्यांक आएको छ।
 'भारतको संविधान प्रतिकूल घटना'
भारतको मेघालयमा वर्षौंदेखि बसोबास गरिरहेका नेपाली भाषी स्थानीय खासी समुदायबाट खेदिएको घटना भारतको संविधान र कानुन प्रतिकूल रहेको मानव अधिकार संगठनले जनाएको छ।
सीमा र अन्य विभिन्न बहानामा एक साताभित्रै १७ नेपालीको हत्या भएको र यसबाट ४० हजारभन्दा बढी विस्थापित भएको घटनाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रसमेत उल्लंघन गरेको संगठनद्वारा मंगलबार जारी विज्ञप्तिमा छ। मेघालयका नेपाली भाषीको जीवा र मानवअधिकार रक्षाका लागि प्रभावकारी कदम चल्न भारत सरकार तथा राष्ट्र संघसमक्ष अपिल गरिएको छ। नागरिक 

६०१ सभासदहरुको किरियाक्रम सम्पन्न

काठमाडौं जेठ तोकिएको समयमा संविधान नबन्ने निश्चित भएपछि हास्य टेलीशृखला मेरी बास्सैका निर्देशक तथा अभिनेताद्वय केदार घिमिरे (माग्नेबूढा) र सीताराम कट्टेल (धुर्मुस) ले मंगलबार कपाल-दाह्री खौरेर सेतो वस्त्र धारण गरी संविधानको शोक मनाएका छन् । संविधान बनाउने वाचा गरेर जनताबाट चुनिएर आएका ६०१ जना सभासद्ले समयमा संविधान नबनाएकाले उनीहरूको असक्षमताप्रति दुःख मनाउन यसो गरिएको उनीहरूले बताए । अभिनेत्री कुञ्जना घिमिरे (सुन्तली) ले पनि सेतो वस्त्र धारण गरी एक छाक छोडिन् । केदारले एक वर्षअघि नै तोकिएको समय जेठ १४ भित्र संविधान बनाउन दबाब दिने उद्देश्यले संविधान नबनेसम्म दाह्री-कपाल नकाट्ने प्रतिबद्धता गरेका थिए । तर, सांस्कृतिक कार्यक्रमको सिलसिलामा इजरायल जाँदै गर्दा दिल्ली अध्यागमनले उनलाई आतंकवादीको आशंकामा रोकेपछि बाध्य भएर दाह्री काटेका थिए । पछि मुलुक फर्किएपछि भने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएका उनलाई उनका जोडी सीतारामले पनि साथ दिएका थिए ।
मंगलबार यो जोडीले सीतारामनिवास ललितपुरको खुमलटारमा केस मुन्डन गरी टाउकोमा सेतो टालो बाँधेर शोक मनायो ।
केदार र सीतारामको केस मुन्डन होउन्जेल मेरी बास्सैका अर्का कलाकार सुरज चापागाईं (बान्द्रे) ले भने एउटा खुट्टो उचालेर जनआन्दोलनमा घाइते भएकाहरूको पीडाबोध गरेका थिए । 'संविधान बनाउन पठाएका ६०१ सभासद्ले जनताको पसिनामा मोज गर्नुबाहेक अरू केही गरेनन्, 'आक्रोशित हुँदै केदार र सीताराम सँगसँगै बोले, 'संविधान बनाउनभन्दा पनि कुर्सीको लुछाचुँडीमै लागेकाले संविधान बनाउन दबाब दिनका लागि हामीले यस्तो प्रतिबद्धता जनाएका थियौँ । सारा नेपाली जनताको आशा त्यसै तुहियो । त्यसैले यी ६०१ सभासद् पदको किरिया गरेका हौँ ।'
आफूहरूले पहिला निर्धारित मितिमा संविधान नबने पशुपतिमा गएर कुशको ६०१ सभासद्को पुत्ला बनाएर दाहसंस्कार गर्ने भने तैपनि परिवर्तित अवस्थालाई विचार गरी त्यसो नगरिएको उनीहरूको कथन छ । नेताहरू सत्ताकै खेलमा केन्दि्रत भएकाले उनीहरूलाई जिम्मेवारी बोध गराउन कपाल मुन्डन गरेर शोक मनाउनु परेको सीतारामले बताए । आफ्ना श्रीमान् (सीताराम) कै अगाडि सेतो वस्त्र लगाएकी कुञ्जनाले आफ्नो लागि पतिभन्दा देश ठूलो भएको बताइन् । उनले भनिन्, 'नेताहरूको यस्तै बाँदरे प्रवृत्तिका कारण भोलि मातृभूमि नै नरहे पतिको के काम ?' मनोरञ्जनका अलावा देश, समाज र राष्ट्रप्रति पनि कलाकारको उत्तिकै दायित्व हुने भएकाले आफूहरूले यसो गरेको कथन उनीहरूको छ ।

Monday, May 17, 2010

युनिटीका दुई सञ्चालक पक्राउ / सम्पत्ति रोक्का

काठमाडौं, जेष्ठ ५

युनिटी इन्टरनेशनलका संचालकहरु मध्ये दुई जनालाई सोमवार प्रहरीले पक्राउ गरेको छ भने अन्य ६ जनाको तीव्ररुपले खोजी गरिरहेको छ । सरकारले सोमबारै संस्थाका सञ्चालकहरुको नामका खाता रोक्का गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई केन्दि्रय बैंकमार्फत् निर्देशन दिएको छ ।गृह मन्त्रालले सोमवार साँझ नेपाल प्रहरी, अध्यागमन विभाग, अन्तराष्ट्रिय विमानस्थल र राजस्व अनुसन्धान विभागलाई गोप्य, अत्यन्त जरुरी पत्र लेख्दै आठ संचालकहरुलाई 'तत्काल पक्राउ गर्न' लिखित निर्देशन दिएको छ । त्यसरी दिएको निर्देशनमा उनीहरुलाई पक्राउ गर्न नसके 'अर्को आदेश नभएसम्म कुनैपनि अवस्थामा नेपाल बाहिर जान नदिन' निर्देशन दिएको छ । मन्त्रालयले जारी गरेको पत्रमा युनिटीका सन्चालकहरु पक्राउ गरिए लगत्तै ललितपुरस्थित राजस्व अनुसन्ध्ान विभागको कार्यालयमा बुझाउन समेत निर्देशन दिइएको छ ।ललितपुर प्रहरी प्रमुख बिक्रम थापाका अनुसार, पक्राउ पर्नेहरुमा आर्थिक विभागका निर्देशक भीम गुरुङ र यात्रा निर्देशक नेत्र राजवंशी छन् । गुरुङ्ग दिव्यनगर छ स्थायी निवासी हुन भने राजवशी झापा चकचकी स्थायी निवासी हुन । दुवैलाई प्रहरीले जावलाखेलस्थित युनिटी टावरमा छापा मारी पक्राउ गरेको हो ।
पक्राउका लागी जारी गरिएको पत्रमा संचालकहरुको नागरिकता नम्बर, बुवाको नाम र स्थायी ठेगाना समेत उल्लेख छ । त्यसरी दिएको आदेशमा दुई सन्चालकहरु कृष्णबहादुर र बिष्णुबहादुर एकै घरका दाजुभाई भएको खुल्न आएको छ ।यसअघि गृह मन्त्रालयले आइतवार साँझ देशभरिका जिल्ला प्रशासन कार्यालयलाई अत्यान्तजरुरी छाप लगाएको पत्र फ्याक्स मार्फत परिपत्र गर्दै युनिटिका संचालकहरुलाई नियन्त्रणमा लिई उनीहरुले गर्दै आएको काम कारवाही बारे अनुसन्धान गर्न निर्देशन दिएको थियो । बीमा र बैक सम्बद्ध चारवटा प्रमुख नियमन निकायहरु राष्ट्र बैक, बिमा समिति, धितोपत्र बोर्ड र कम्पनी रजिष्टारको कार्यालयसग परामर्श गरेपछि सरकारले युनिटीका संचालकहरुलाई तत्काल पक्राउ गरी अनुसन्धान थाल्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएको हो । पक्राउ गरिएकालाई पहिलो चरणमा अनुमति नलिई बिमा र बैकिङ्ग व्यवशाय गरी सर्वसाधरणलाई ठगी गरेको र विदेशी मुद्रा अपचलन गरेको अभियोगमा अनुसन्धान भइरहेको छ ।
युनिटीका पदाधिकारीहरुलाई पक्राउ गर्न जादा पक्राउ गर्न जाँदा टावर परिसरमा केही समय तनाव उत्पन्न भएको थियो । युनिटीले ठगी गरेको समाचार पत्रपत्रिका छपिएपछि रकम फिर्ता माग्नेहरुको जावलाखेलस्थित युनिटी टावर देशभरिका जिल्लास्थित कार्यालयमा बिहानैदेखि भीड लागेको थियो । एसपी थापा भन्छन-'प्रमाणहरु नष्ट नहुन् भनी युनिटीका मुख्यालय मानिने टावरमा ताला लगाएका छौं ।'गृह मन्त्रालयले आफनै सूचना सयन्त्रबाट युनिटी इन्टरनेशनलका बारे विस्तृत विवरण संकलन गरेर अध्ययन गर्दा ठगी गरिरहेको खुल्न आएपछि अन्य सरकारी निकायको निर्णय प्रतिक्षा नगरी कारवाही प्रक्रिया अघि बढाएको थियो । युनिटीले 'बीमा र बैकिङ्ग कम्पनीको झै कारोवार गरिरहेको तर सम्बद्ध दुवै निकायबाट अनुमति नलिएको जस्ता दर्जनौ सरकारी नियमहरु मिचेको खुल्न आएको छ ।

सम्पत्ति रोक्काको पत्र

सञ्चालकहरुको नाममा रहेको घर जग्गा र सवारी साधान पनि रोक्का गर्न पनि अर्थ मन्त्रालयले यातायात व्यवस्था र मालपोत कार्यालयलाई सोमबार पत्र पठाएको छ ।सरकारले गरेको अनुसन्धानमा युनिटीले राष्ट्र बैंकको स्विकृति विना निक्षेप भन्दै करोडौ रकम उठाएको गरेको, विमा समितिको स्विकृति विना एस्योरेन्स भन्दै बीमा पोलिसी विक्री गरेको र सेवा र अन्य कर नतिरेको देखिएपछि यस्तो निर्णय भएको हो । राष्ट्र बैंकबाट स्विकृति प्राप्त संस्थालेमात्र निक्षेप संकलन गर्न पाउछन् ।
राजश्व अनुसन्धान विभाग, राष्ट्र बैंक र बीमा समितिका प्रतिनिधि सदस्य रहेको समितिले अनुसन्धान गरिरहेको छ । विभागका उपमहानिर्देशक राममणि दवाडीको संयोजकत्वको समितिको प्रारम्भिक अनुसन्धानमा तीन वटै कानून वेवास्ता गर्दै ठूलो परिमाणमा रकम संकलन गरेको ठहर गरेको हो । त्यस लगत्तै ८ जना सञ्चालकहरुलाई पक्राउ गर्न गृह मन्त्रालयले मातहत प्रहरी कार्यालयहरुलाई आइतबार नै निर्देशन दिएको थियो ।युनिटीले पिरामिड शैलिको नेटवर्किङ व्यापारमार्फत सदस्य बनाउने भन्दै जनही करिब १५ हजार रुपैयाँ उठाउने गरेको थियो । स्वदेश र विदेशमा गरी ६ लाख ५० हजार सदस्य रहेको कम्प्नीका पदाधिकारीले बताउने गरेका छन् । यस आधारमा १० अर्ब रुपैया संकलन भइसकेको छ ।
'तर अनुसन्धानका क्रममा उनीहरुले प्रचारका लागि धेरै भनिएपनि ३ लाख ५० हजारमात्र सदस्य भएको बताए' अर्थ सम्बद्ध श्रोतले भन्यो । यस आधारमा पनि रकम झण्डै सवा ५ अर्ब रुपैया हुन्छ । विभिन्न दलका राजनीतिकर्मी, सरकारी कर्मचारी लगायतलाई प्रभावमा पारी व्यवसाय विस्तार गरिरहेको थियो ।सदस्यलाई निक्षेप भन्ने रसिद दिने गरेको पाइएको पनि सम्बद्ध श्रोतले बतायो । 'फिना कोअपरेटिभमा निक्षेप भनेर जम्मा गरेपनि व्यक्तिको नाममा खाता देखिएन' उनले भने 'संस्थाको नाममा मात्र खाता छ ।' संस्थाको नामको खातामा करिब ८ करोड रुपैया देखिएपनि पछिल्लो केही दिनमात्र मात्र डेढ करोड झिकेको समेत उनले बताए । 'अरु रकम भेटिएको छैन, थप अनुसन्धान भइरहेको छ ।' १५ हजारमध्ये १३ हजार निक्षेप भनेर र २ हजार रुपैया छुटमा स्वास्थ्य जाँच तथा एस्योरेन्स भन्दै बीमा रकम लिने गरेका छन् । संस्थाको वासलात र अन्य वित्तिय विवरण अध्ययन गर्न बाकी रहेको पनि उनले बताए ।
'कतिपय जिल्ला शिक्षा कार्यालयमा तलब लिन जाने शिक्षकहरुलाई लेखापालहरुले नै सदस्य बन्न दवाव दिने गरेकेा समेत पाइयो' अर्का एक अधिकारीले भने - 'यो जालो धेरै भित्र सम्म पुगेको हुनु पर्छ ।'नियमति आम्दानी हुने आधार नभई सर्वसाधारणबाट उठाएको रकमबाट अन्तर्राष्ट्रिय उडानको महात्वाकांक्षी योजनापछि यो संस्था धेरैको चासोमा परेको थियो । केही अघिमात्र पर्यटन मन्त्रालयबाट अन्तर्राष्ट्रिय उडानको अनुमति लिएको थियो । त्यस लगत्तै अर्थ मन्त्रालयले आन्तरिक रुपमै छानविन थालेको थियो । विभिन्न दलका नेता र सरकारका जिम्मेवार अधिकारीहरुको शुभकामना मन्तब्य, फोटो, भिडियोमार्फत देशमा र विदेशमा मानिसलाई प्रभाव पार्ने गरेको समेत खुल्न आएको छ ।

पक्राउको सूचि

१ स्याङ्गजा फेदीखोला ६ का प्रसाद भनिने काशीराम गुरुङ्ग ।

२ पर्वत, अर्थरडाडा ३ का कृष्णबहादुर क्षेत्री

३ पर्वत, अर्थरडाडा ३ का बिष्णबहादुर क्षेत्री

४ वाग्लुङ्ग, वालिङ्ग ३ का महेन्द्र केशी

५ झापा, चकचकी ५ का नेत्र राजवशी

६ नवलपरासी, सुनवल २ का इन्द्रबहादुर विश्वकर्मा

७ चितवन दिव्यनगर ६का भिमबहादुर गुरुङ्ग

८तेह्रथुम, मोराहाङ्ग ५ का विश्वनाथ गौतम

कहाँ गयो युनिटीले जम्मा पारेको अर्बौ रुपैयाँ ?

साढे ६ लाख सदस्यबाट ६ अर्बभन्दा बढी पैसा उठाउने युनिटी लाइफ इन्टरनेसनलले स्वदेशी बैंक तथा वित्तीय संस्थामा पैसा बचत गरेको नेपाल राष्ट्र बैंकले पाउन सकेको छैन। राष्ट्र बैंक स्रोतका अनुसार संकलित रकम कम्पनीका सञ्चालकले विदेश पुर्‍याएको अनुमान छ। गैरकानुनी रुपमा व्यापार गरिरहेको युनिटीका सञ्चालकको खाता रोक्का गरी सरकारले कम्पनीको नाममा रहेको रकमबारे अनुसन्धान गरेको थियो।
कम्पनीले ग्राहक (सदस्य)बाट उठाएको रकम फिना वर्ल्ड सहकारी संस्थामा जम्मा गरेको दाबी गरेको थियो। सरकारी अध्ययनअनुसार यो सहकारी संस्थामा अहिले सात करोड रुपैयाँ मात्र भेटिएको छ। स्रोतका अनुसार कम्पनीले मुद्दति खातामा ८० करोड रुपैयाँ जम्मा गरेको थियो। मुद्दति खातालाई चल्तीमा परिवर्तन गरेर ७३ करोड रुपैयाँ झिकेको पाइएको राष्ट्र बैंकका एक अधिकारीले नागरिकलाई जानकारी दिए। अध्ययनमा अहिलेसम्म कम्पनीको वासलात (हिसाब किताब ) मा २० करोड रकम मात्र देखिएको छ,' ती अधिकारीले भने।
उनका अनुसार कम्पनीका सञ्चालकले सदस्यबाट उठाएको पैसा कम्पनीका नाममा नराखी व्यक्तिगत रुपमा लगेको शंका गरिएको छ। यतिधेरै ग्राहकको रकम उठाएको कम्पनीको हिसाबकिताब २० करोड मात्र देखिनुले पैसा विदेश पुर्‍याइएको देखिन्छ,' उनले भने।
कम्पनीले दिएको ग्राहकको तथ्यांक र सरकारी अध्ययनमा फरक देखिएको छ। युनिटीले सरकारी अधिकारीसँग तीन लाख २४ हजार ग्राहक रहेको जानकारी गराएको थियो। सरकारी अध्ययनमा कम्पनीका ३ लाख ६४ हजारमात्र ग्राहक भेटिएका छन्। ती ग्राहकलाई समेत सबैलाई बिल भरपाई नदिई ठग्ने नियत कम्पनीको देखिएको स्रोतले बताएको छ।
कम्पनीले तीमध्ये साढे दुई लाखलाई बिल भर्पाइ दिएको देखिएको छैन। कम्पनीका अधिकारीले कम्प्युटर बिलिङ दिने भन्दै ग्राहकलाई पन्छाउने गरिएको रहेछ,' ती अधिकारीले भने। कम्पनीको कारोबार र ग्राहकबाट संकलन भएको रकम हिनामिना भएकाले कम्पनीका लेखापरीक्षकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिने भएको छ। लेखापरीक्षकले कम्पनीको हिसाबकिताब दुरुस्त राखेको देखिएको छैन,' स्रोतले भन्यो, कम्पनीका लेखापाललाई नियन्त्रणमा लिएर यथार्थ बिवरण ल्याउने प्रयास गरिनेछ।'
सरकारले कम्पनीका संचालक विरुद्ध ठगी मुद्दा र निक्षेप अपचलनको आरोपमा कारवाही बढाउने भएको छ। सरकारले गैरकानुनी रुपमा नेटवर्क व्यापार गरिरहेको युनिटी लाइफ इन्टरनेशनलका संचालकहरुको बैंक खाता, चल अचलसम्पत्ति रोक्का र विदेश जान रोक लगाइसकेको छ।सरकारले सोमबार कम्पनीका अध्यक्ष काशीप्रसाद गुरुङ, प्रबन्ध निर्देशक बिष्णुबहादुर क्षेत्री, कृष्णबहादुर क्षेत्री, महेन्द्र केसी, नेत्र राजवंशी, इन्द्रबहादुर विश्वकर्मा, भीमबहादुर गुरुङ र विश्वनाथ गौतमको बैंक खातादेखि विदेश जान रोक लगाएको थियो। एस्युरेन्स योजनाअन्तर्गत कम्पनीले आफ्ना ग्राहक (जसलाई ऊ सदस्य' भन्छ) सँग प्रतिव्यक्ति १५ हजार रुपैयाँ उठाउँदै आएको थियो। यसवापत् ५ लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा र १ लाख रुपैयाँको स्वाभाविक मृत्यु बीमा सुविधा दिने उसले घोषणा गरेको थियो।

सञ्चालकविरुद्ध ठगी मुद्दा
सरकारले युनिटीका सञ्चालकविरुद्ध जिल्ला अदालत ललितपुरमा मंगलबार ठगी मुद्दा दायर गरेको छ। कम्पनीका सञ्चालकद्वय भीम गुरुङ र नेत्रलाल राजवंशीविरुद्ध मुद्दा दायर गरिएको हो। गुरुङ र राजवंशीलाई प्रहरीले सोमबार गिरफ्तार गरेको थियो। मुद्दामा कम्पनीले गैरकानुनी रुपमा निक्षेप संकलन गरेको जिकिर गरिएको छ।

देशभरका युनिटी लिडर काठमाडौँका गेस्टहाउसमा
नेटवर्किङ मार्केटिङको आवरणमा गैरकानुनी गतिविधि गरेको सार्वजनिक भएपछि विभिन्न जिल्लामा छरिएका युनिटीका लिडरहरु काठमाडौंमा भेला भएका छन्।सदस्यहरुले रकम फिर्ताको माग गर्दै कार्यालय घेराउ गर्न थालेपछि उनीहरु जिल्लास्थित कार्यालय बन्द गरेर काठमाडौं भित्रिएका हुन। स्रोतका अनुसार युनिटीका लिडरहरु उपत्यकाको सुन्धारा, ठमेल क्षेत्रको गेष्ट हाउस छरिएर बसेका छन्।
ठमेलमा भेटिएका एक लिडरले पैसा फिर्ता माग्न आउने सदस्यहरुको संख्या बढेपछि जिल्लामा बस्नै नसक्ने अवस्था भएकाले काठमाडौं आएको बताए। नाम उल्लेख गर्न नचाहने ति लिडरले भने। उनीहरु सदस्यको रकम कसरी फिर्ता दिने भन्ने विषयमा छलफल गर्न काठमाडौं आएपनि मुख्य सञ्चालकहरु सम्पर्क बाहिर रहेकाले अन्यौलमा परेका छन्। केही सञ्चालकहरु फोनमा भेटिने गरेपनि उनीहरुले पैसा फिर्ता गराउने भन्दा पनि '२/३ दिन पर्ख सबै सेटल हुन्छ' भनेर आश्वासन दिने गरेको ति लिडरले बताए।
स्रोतका अनुसार काठमाडौंमा जम्मा भएका लिडरहरुलाई काशिराज र विष्णुले माथिल्लोस्तरमा सहमतीका लागि प्रयास जारी रहेको भन्दै सहमती हुने दावी गर्ने गरेका छन्। विश्वस्तस्रोतका अनुसार उनीहरुले लिडरहरुलाई समस्या समाधानका लागि उपप्रधानमन्त्री विजयकुमार गच्छद्धार र कानुन मन्त्री प्रेमबहादुर सिंहसँग छलफल भईरहेको र तीन/चार दिनमा सबै समस्या समाधान हुने आश्वासन दिने गरेका छन्।
उनीहरले लिडरहरुलाई आफ्नो पक्षमा माहौल निर्माण गर्न निर्देशनदिंदै आन्तरिक छलफलवाट समस्या समाधान नभए सदस्यहरु परिचालन गरी राजनीतिक दवाव दिने तयारी गरेको बताएका छन्। काशिराजको निर्देशन उदृत गर्दै स्रोतले भन्यो'डिल मिलेन भने प्रधानमन्त्रीको कार्यालय घेर्न जानुपर्छ तयारी गरेर बस्नुहोला।'
युनीटी लाईफ इन्टरनेशनका सञ्चालकहरुले संस्थामा जम्मा भएको रकमवाट ब्यक्तिगत नाममा विभिन्न क्षेत्रमा लगानी गर्ने गरेको खुलेको छ। युनीटीकै विश्वस्तस्रोतवाट प्राप्त जानकारी अनुसार युनिटीका सञ्चालकहरुले सदस्यहरुवाट संकलीत रकमवाट ब्यक्तिगत रुपमा विभिन्न क्षेत्रमा लगानी गर्ने गरेका छन्।
विश्वस्त स्रोतका अनुसार युनिटीका सञ्चाकलहरुले भक्तपुरको दुवाकोटमा एक सय १० रोपनी जग्गा किनेका छन् भने काठमाडौंको साङ्गला गाविसमा ६५ रोपनी जग्गा खरिद गरेका थिए। पर्वत, दमौली, दाङ, बैतडी, बुटवल, काठमाडौंको सतुंगल, धादिङको गजुरी, पोखरा, चीतवन र हेटौंडामा जग्गा खरिद गर्ने भन्दै सञ्चाकहरुले युनिटीको कोषवाट रकम निकालेका छन्। तर, ति सबै जग्गाहरु युनिटीको नाममा खरिद नगरी सञ्चालकको ब्यक्तिगत नाममा खरिद गरेको स्रोतले बतायो।
गैर कानुनी रुपमा बैंकिग, वीमा र स्वास्थ्य योजना सञ्चालन गरी ठगी गरेको अभियोगमा गृहले युनीटीका अध्यक्ष काशीराज गुरुङ (प्रसाद), प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री, अर्थ निर्देशक भीम गुरुङ, प्रशिक्षण निर्देशक कृष्णबहादुर क्षेत्री, डिर्पाटमेन्टल स्टोर निर्देशक इन्द्र विश्वकर्मा, आइटी निर्देशक नेत्र राजवंशी, महेन्द्र केसी र विश्वनाथ गौतमको नाममा पक्राउ गर्न निर्देशन दिएको थियो।
प्रहरीले सञ्चालकमध्येका अर्थ निर्देशक भीम गुरूङ र ट्राभल निर्देशक नेत्रलाल राजवंशीलाई मात्र पक्राउ गरेको छ। प्रहरीले पक्राउ आदेश जारी गरेका ६ जनानै काठमाडौंमै रहेको स्रोतले बतायो। स्रोतले 'उनीहरु भित्री शहरमा लुकेर बसेका छन्। प्रहरीले प्रयास गर्ने हो भने तत्काल पक्राउ पर्न सक्छन्, तर किन हो पक्राउ गर्ने प्रयास गरे झैं लागेन।'
काठमाडौं परिसरका प्रमुख रमेश खरेलले भने युनिटी सञ्चाकहरुको खोजीमा प्रहरी सक्रिय रहेको दावी गरे। उनले भने, 'उनीहरु उपत्यकावाट बाहिरिएका छैनन्, उनीहरु प्रहरीकै घेराउमा छन्।'
स्रोतका अनुसार युनिटी सञ्चालनमा मुख्य आठ जना देखिएपनि सम्पूर्ण आर्थिक कारोवार काशिराज र विष्णुबहादुर हुन। उनीहरुले आफ्ना विश्वसनिय पांच जना सहयोगी मार्फत युनिटीको नाममा संकलन भएको रकम ब्यक्तिगत रुपमा विभिन्न क्षेत्रमा लगानी गर्ने गरेको ति स्रोतले बताए। उनीहरुको नाममा पक्राउ आदेश जारी नभएकोमा युनिटीका लिडरहरुले नै कार्वाही गर्ने निकायप्रति आशंका ब्यक्त गरे।
विश्वस्त स्रोतका अनुसार काशिराज र विष्णुले आर्थिक कारोवारमा घनश्याम बस्ताकोटी, भानु कँडेल, श्रीमात्मा श्रेष्ठ, भुपेन्द्र मल्ल र दीपक भट्टराई हुन। भानु काशिराजका मुख्य सहयोगी हुन। बस्ताकोटीले पोखरा र हेटौडामा काशिराजको जग्गा प्लटिङको कारोवारको जिम्मा लिएका थिए। भानु विष्णुका मुख्य सहयोगी हुन। मध्यमाञ्चल प्रमुखका रुपमा कार्यरत उनी नाताले विष्णुका मित हुन। दिपक विदेश विभाग प्रमुख हुन। उनले विदेशमा कार्यरत नेपालीहरुसँग रकम संकलन गरेर हुन्डीमार्फत बैदेशीक मुद्रा नेपाल भित्र्याउन सक्रिय थिए। भुपेन्द् मल्ल युनिटी एयरलाईन्सका प्रमुखका रुपमा कार्यरत थिए।
'गृहले पक्राउ आदेश जारी गरेकामध्ये काशिराज र विष्णु मात्र प्रमुख ब्यक्ति हुन। उनका अन्य सहयोगी पक्राउ नगर्ने हो भने सरकारले युनीटीको अनुशन्धानमा खाली हात मात्र हुन्छ ' युनिटीका बारेमा जानकार स्रोतले भन्यो।
स्रोतले काशिराजले आफ्नी श्रीमती विनिता गुरुगंको नाममा आर्थिक कारोवार गर्ने भएकाले उनलाई समेत अनुशन्धानको दायरामा ल्याउनुपर्ने बतायो। काशिराजको जेठी श्रीमती हङ्गकङ्गमा रहेको र उनी आफैं पनि हङ्गकङ्ग र बेलायतको कार्ड होल्डर रहेकाले उनले ति राष्ट्रहरुमा समेत युनटीको रकम लगेर राखेको स्रोतले बतायो।
स्रोतका अनुसार युनिटीका सञ्चाकहरुले प्रारम्भमा फिना वल्ड सहकारी संस्थामा रकम जम्मा गरी पछि पुल्चोकमा रहेको एभरेष्ट बैंक र ठमेलमा रहेको ईनभेष्टमेन्ट बैंकमा जम्मा गर्ने गरेका थिए। एभरेष्ट र इन्भेष्टमेन्ट बैंकमा ठुलो रकम जम्मा गरिने गरिएको थियो। स्रोतका अनुसार युनिटी एयरलाईन्स खरिदका लागि करिव ८७ करोड रकम एभरेष्ट बैंकमा जम्मा गरिएको काशिराजले दावी गर्ने गरेका थिए। जाउलाखेलमा रहेको युनिटीको मुख्यालय जग्गा भाडामा लिएर भवन बनाएको समेत खुलेको छ। '३५ वर्षका लागि जग्गा भाडामा लिएर भवन आफैंले बनाएको हो ' स्रोतले भन्यो।
युनिटीमा जम्मा भएको सदस्यको रकम निकालेर ब्यक्तिको नाममा ग्रामिण विकास बैंकको ५२ प्रतिशत शेयर खरिद गरेको समेत खुलेको छ। स्रोतका अनुसार प्रारम्भमा बैंकको पूर्ण स्वामित्व खरिद गरिएको दावी गरिएपनि केवल ५२ प्रतिशत स्वामित्व मात्र खरिद गरिएको थियो। युनिटीमा बैंकका बारेमा छलफल हुँदा काशिराजले अहिले ब्यक्तिको नाममा लगानी रहेको र चाँडै बैंकको नाम परिर्वतन गरी संस्थाको नाममा स्वामित्व ल्याउने दावी गर्दै आएका थिए।
नागरिक न्युजबाट

Thursday, May 06, 2010

माओवादी आमहड्तालको प्रतिकारमा उत्रिए जनता

काठमाडौं, वैशाख
माओवादीले घोषणा गरेको आन्दोलनको पाँचौं दिनमा आइपुग्दा विभिन्न स्थानमा प्रतिकारका घटना भएका छन्। प्रतिकारमा उत्रिएका स्थानीय र माओवादीबीच एक दर्जन बढी स्थानमा झडप भएका छन्। काठमाडौंकै जनता प्रतिकारमा

माओवादी हड्तालको प्रतिकारमा काठमाडौंकै जनता उत्रिएका छन्। बसुन्धरा, बुढानिलकण्ड, आरुबारी, कीर्तिपुरमा बन्दकर्ता र स्थानीयबासीबीच झडप भएको छ। नारा लगाउँदै चाबहिलबाट अघि बढिरहेको जुलुसमाथि अरुबारी क्षेत्रका बासिन्दाले आक्रमण गरेपछि झडप भएको छ।
बूढानिलकण्ठमा पनि माओवादी र स्थानीयबासीबीच झडप भएको छ। प्रतिकारमा संगठति समूह नभइ स्वतस्फुर्त प्रतिरोधमा उत्रिएका जनता सहभागी रहेको घटनास्थलबाट नागरिकन्युजकर्मी विकास कार्कीले बताएका छन्। झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। जोरपाटीमा हड्तालविरुद्ध सर्वसाधारणले विरोध र्‍याली निकालेका छन्।
आफ्नो पसल खोलेर बसेकालाई माओवादीले कुटपीट गरेपछि जोरपाटीका स्थानीय प्रतिकारमा उत्रिएका हुन्। राजन क्षेत्र, प्रेमबहादुर क्षेत्री सहितका स्थानीयलाई आक्रमण गरेपछि स्थानीय हड्तालको प्रतिरोधमा उत्रिएका हुन्।
वीरगञ्ज हड्तालको पाँचौं दिन बिहानैदेखि तनावग्रस्त बनेको छ। हिन्दु युवा संघका कार्यकर्ताले हड्तालविरुद्ध नाराबाजी गरेपछि माओवादीसँग भिडन्त भएको हो। भिडन्तमा वाइसीएलका दुई कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा धर्ती चौधरी र उमेश पट्टेल छन्। माओवादी आन्दोलनको शिविर स्थानीयबासीले आगो लगाइ दिएका छन्। शिविरमा आन्दोलनकारी खाने बस्ने गर्दै आएका थिए। बिहान युवा संघको नेतृत्वमा भएको प्रतिकारमा स्थानीय बासिन्दा थपिएका थिए। भिडन्तको मुडमा रहेका माओवादी कार्यकर्ता र हड्तालविरुद्ध आक्रोसित स्थानीयबीच मुढभेडको सम्भावना बढेपछि सुरक्षाकर्मीले कर्फ्युको सूचना दिँदै सर्वसाधारणलाई घर फर्कन आह्वान गरेको वीरगञ्जबाट नागरिकन्युजकर्मी उपेन्द्र लामिछानेले जनाएका छन्।
हेटौंडामा सडकमा बसेर प्रदर्शन गरिरहेका माओवादी कार्यकर्तालाई युथफोर्सले लखेटोको छ। थोरै संख्यामा माओवादीलाई युथफोर्सले लखेटेपछि पछि मा‌ओवादीले ठूलो संख्यामा सडकमा कार्यकर्ता उतारेको छ। लोथरमा हिजो वाइसीएलले हत्या गरेका आफ्ना कार्यकर्ताको हत्यारा खोज्दै युथफोर्स घरघर गएर सोधपुछ गरेको चितवनबाट नागरिकन्युजकर्मी चाँदनी हमालले जनाएकी छन्।
सुनसरीको तरहराका सर्वसाधारणले आमहड्ताको अवाज्ञा गर्दै बजार खोलेका छन्। लगातारको आमहड्तालमा दैनिक उपभोग्य सामान खरीद गर्न सर्वसाधारणको दैनिक जनजीवन अस्तव्यस्त बनेपछि स्थानीयबासीले बजार खोलेका हुन्।
स्थानीयबासीले बजार खुलाउन र जनजीवन सहज पार्न मणिराम श्रेष्ठको अध्यक्षतामा ब्यापार प्रबर्दन समिति समेत निर्माण गरेका छन्। नागरिक समाजका अध्यक्ष महेन्द्र गिरीले माओवादीको आमहड्ताल अर्थहीन र सर्वसाधारणलाई दुःख दिने काम मात्र भएकाले स्थानीयबासीले अवज्ञा गर्दै बजार खुलाएको बताए।
बजार खुलाएपछि अतिआवश्यकीय सामान खरीद गर्नेको चहलपहल बढेकोछ। स्थानीयबासीले बजार खुलाएपछि हरेक विहीबार लाग्ने साप्ताहिक बजार पनि लागेको छ। तरहरा क्षेत्रमा आमहड्तालको पहिलो र दोस्रो दिन बाक्लो माओवादी ककार्यकर्ताको उपस्थिती बाक्लो रहे पनि तेस्रो दिनदेखि उपस्थिति शून्य देखिएको इटहरीबाट नागरिकन्युजकर्मी अमर खड्काले जनाएका छन्।

Wednesday, April 21, 2010

जनपक्षिय संविधान निर्माण आजको आवश्यकता र युवाहरुको एकता

मुलुकको राष्ट्रियता गंभिर संकटमा परेको छ । २०४६ साल भन्दा अगाडि नेपालको राट्रियतालाई राजाको निरंकुश शासनले कुजो बनाएको त थियो नै भने त्यसपछिका सरकारहरुबाट पनि महाकाली, टनकपुर, अरुण तेस्रो आयोजना, माथिल्लो कर्णाली, नौमुरे जलविद्युत आयोजना आदिको सम्बन्धमा गरेका सबै सन्धी–सम्झौताहरु नेपाल र नेपाली जनताहरुको हित र राष्ट्रियता विरुद्ध चालिएका अराष्ट्रिय कदम र सन्धी–सम्झौताहरु हुन् । अझै यस्ता कयौ अराष्ट्रिय सन्धी–सम्झौताहरु सरकारका कार्ययोजनाभित्र परेका छन् । मेघा हाईड्रो प्रोजेक्टको नाममा देशका सबै जल उर्जा र अन्य उपयोगमा प्रयोग गर्न सकिने नदिनालाहरुलाई विदेशी शक्ति केन्द्रहरुको हातमा सुम्पिदै जाने खतराहरु बढेर गएको छ । नेपालका पुर्व–पश्चिम र दक्षिणी सीमाका भु–भागहरु भारतको विस्तारवादी र प्रभुत्ववादी राज्यसत्ताबाट नेपाली सीमावर्ति भु–भागहरु मिचिईरहेको छ । भारतसंग सीमा जोडिएका करिब ५४ नाकाहरुबाट करिब ६८ हजार हेक्टर नेपाली जमिन भारतको सीमा सुरक्षा बलको आक्रमणबाट मिचिएको ठोस आधारहरु हाम्रो सामु छ । एकातिर नेपाली कालापानी क्षेत्रमा अझै पनि भारतीय सेनाको बेसक्याम बसेको छ भने अर्कोतिर नेपाली भुमि डुबान पार्ने खुर्दलोटन बा“ध र त्यस्तै प्रकृतिका बा“ध धमाधम निर्बाध बनाउ“दै लगिरहेको छ । सरकार गठन र पुनर्गठन धेरै भए तर जुनसुकै सरकार आए पनि यो सम्बन्धमा हाम्रो जमिनमा भारतीय सेना राख्न पाइदैन र नेपाली भुमि डुबान पार्न सक्ने बा“धहरु सीमावर्ती भु–भागमा बनाउन पाइदैन भनेर यो प्रक्रियालाई नेपाल सरकारबाट प्रक्रिया अगाडि बढाइएको नेपाली राष्ट्रवादी जनताहरुले सु्न्न पाएका छैनन् । भारतीय सत्तासंग विगतकालमा भएका असमान सन्धी–सम्झौताहरु बारे खारेजीको कुरासम्म नेपाल सरकार चलाउने शक्तिहरुले अझसम्म उठाएका छैनन् । भारत दीर्घकालिन योजना अन्तरगत नेपाली जमिन, जल र जंगलहरुलाई कसरी हस्तक्षेप र प्रयोग गर्न सकिन्छ भनेर निरन्तर अगाडि बढेको कुरा देखिरहदा पनि यहा“का शक्तिकेन्द्रहरु आ–आफ्नो स्वार्थको कारण बेखबर भएजस्तो गरेर बस्न बाध्य छन् । त्यति मात्र होइन यहा“का नदिनाला र प्राकृतिक स्रोत र साधनलाई लिलाम बढाबड गर्ने कामलाई प्रश्रय दिएका छन् । यस्ता सबै प्रकारका विस्तारवादी, प्रभुत्ववादी र साम्राज्यवादी हस्तक्षेप र चलखेल भईरहदा पनि उनीहरुको विरुद्धमा सरकारको हैसियतबाट प्रतिरक्षा र प्रतिवाद गरिएको एउटा शसक्त उदाहरण छैन ।
प्रभुत्ववादी र साम्राज्यवादी वित्तीय पूजीको दबदबालाई बेवास्ता गरिएको छ । यस्ता तत्वहरुको कारण दलाल र नोकरशाही पू“जीपतिहरुको उपस्थिति अझै बढेर गएको छ । पराधिन राष्ट्रिय नीतिको कारण स्वाभिमानी राष्ट्रिय पुजीपतिहरुको बलियो नेटवर्क बनाउनु पर्ने आवश्यकता संस्थागत हुन सकेको छैन । अहिलेसम्मका सरकारहरुको राष्ट्रिय पू“जी संरक्षण र संम्बद्र्धन गर्ने नीतिको अभाव र स्वावलम्बी अर्थनीतिको दिशामा जानु पर्छ भन्ने दृष्टिकोणको अभावको कारण यी र यस्ता अबान्छित तत्वहरु क्रमश बढ्दै गइरहेका छन् । त्यी शक्तिहरुले उनीहरुका साथमा ल्याएका आर्थिक र मानसिक संस्कृतिले राष्ट्रियतालाई भत्ताभुङ्ग र लथालिङ्ग पार्दै जाने खतरा बढेर गएको छ । अन्तमा हाम्रो राष्ट्रिय संयन्त्र र शक्तिले राष्ट्रियता बचाउ“न नसक्ने अवस्थातिर हामी लम्किरहेका छौ । हाम्रो अर्थतन्त्र हाम्रो हातबाट फुस्किदै गइरहेको छ ।
०६२÷६३ को महान जनआन्दोलन उठानको क्रममा सात राजनीतिक र नेकपा (माओवादी) बीच भएको १२ बुदे सहमतिको बुदा नं. ३ जो राष्ट्रियताको विरुद्धमा थियो, त्यसबाट जन्मको आधारमा नागरिकता दिने कानुन बन्यो । त्यसले विदेशी नागरिकलाई कुनै न कुनै (घुस खाएर पनि) तरिकाबाट नेपाली नागरिकता दिने काम भयो । यो सम्झौताबाट ठूला राजनीतिक पार्टीहरुले राष्ट्रियतामाथि ठूलो खेलबाड गरे र यो मुद्धालाई नाफा–घाटा र खरिदबिक्रिको माध्याम बनाइयो । यो अराष्ट्रिय कदमले संबिधान सभाको चुनावमा ठूलो नकारात्मक असर त पा¥यो नै, अझ यसले नेपाली राष्ट्रियतँको विरुद्धमा क्रमश दुरगामी नकारात्मक असर पार्दै लानेछ । देश क्रमशः सिक्किमीकरणको दिशमाा अघि बढ्ने छ ।
विस्तारवादी, प्रभुत्ववादी तथा साम्राज्यवादी शक्तिहरुको दबदबापूर्ण उपस्थितिको कारण, अस्थिर र संक्रमणकालिन अवस्थाबाट फाइदा लिने शक्तिहरुको कारण र यहि अवस्थाबाट आफ्नो स्वार्थपुर्ति गर्न चाहने शक्तिहरुको कारणले देशमा जातीय सहिष्णुता र सद्भावमा पुर्वाग्रह र तनाव सृजना हुदै गइरहेका छ । जातीय आन्दोलनलाई पृथकतावादी आन्दोलनतिर मोड्ने खतरा सृजना भएको छ । उत्पीडित जाती र समुदायलाई एकातिरबाट उछालेर अर्कोतिर दमनको नीतिलाई अगाडि बढाउने वातावरण सृजना गर्न बिदेशी शक्तिकेन्द्रहरु लागिपरेकोप्रति न्यायप्रेमी जनताले कुरा उठाउ“न थालेका छन् । त्यस्तै धार्मिक असहिष्णुतालाई बढुवा दिइदै गइएको छ । यसमा पनि विदेशी शक्तिकेन्द्रहरुको चलखेल तीब्र छ । त्यी शक्तिकेन्द्रहरुको सम्बन्ध नेपाली समाजका सबै अन्तरविरोधहरुमा भारी मात्रामा प्रवेश भएको छ ।
खुल्ला सीमाको कारण र नियमित नियगमनको अभावको कारण सीमा क्षेत्रमा मानव अपराध र दुर्ई नम्बरी व्यापारले प्रश्रय पाएको छ । त्योतिर नेपाल सरकारले कुनै ध्यान दिएको छैन । सीमा क्षेत्रमा सीमा स्तम्भहरुलाई नियमित पुनरावलोकन र जीर्णहरुलाई पुनस्र्थापन गर्ने काम सरकारको कार्यक्षेत्रभित्र पर्दैन कि ? भन्ने शंका आम जनतालाई पर्न थालेको छ । विस्तारवादी विदेशी सत्तालाई नै यो काम सुम्पिईएको हो कि भन्ने आशंका परेको छ ।
देशको भौगोलिक, जातीय, धार्मिक विविधतालाई दुरुपयोग र असमानता लाद्न भरपर्दो अस्त्रको रुपमा प्रयोग गरिएको छ । अहिलेसम्मका राजनेताहरुको चालचलन, उठबस, गतिविधि र अभिव्यक्तिलाई हेर्दा र बुझ्दा यहा“को आफ्नै मौलिकपनालाई ब्यवस्थापन र संमृद्ध पार्ने भन्दा द्वण्द भड्काउनेतिर उद्दत भएको देखिन्छ । निकृष्ट राजनीतिक उद्देश्यको लागि यी अन्तरविरोधलाई प्रयोग गरिएको पाइन्छ । यी कारणहरुले राष्ट्रिय एकताको अभावमा जातीय र क्षेत्रिय दरार बढ्दै गइरहेको छ ।
यहा व्याख्या नगरिएका अरु कयौ विषयहरु जो हाम्रो राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानलाई आ“च पु¥याउने काम प्रत्यक्ष्ँ र परोक्षरुपले गरिरहेका छन्, त्यस्ता विषयहरुप्रति पनि आवश्यक ध्यान पु¥याउन आवश्यक छ, तर त्यस्ता विषयहरुमा हामीले ध्यान दिनै सकिरहेका छैनौ । अहिले मुख्यत माथि उल्लेखित समस्याहरुलाई जस्ताको तस्तै राखेर राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानको ब्याख्या गरिन्छ भने त्यो पूर्णत एकांकी निस्कर्ष बन्न जान्छ । राष्ट्रियताको प्रश्न खालि सीमा अतिक्रमणसंग मात्र जोडिएको हुन्न । प्रत्येक नेपालीको सोच्ने पद्धति, दलाल–नोकरशाही मानसिकता र नीरिहतासंग पनि जोडिएको छ । जातिय पुर्वाग्रह, जातीय आवाज र जातीय अविश्वाससंग मात्र जोडिएको छैन, प्रत्येक जातिको स्वाभिमान र स्वतन्त्र सहअस्तित्वसंग पनि जोडिएको छ । यी र यस्ता विषयहरुलाई पनि राष्ट्रियतासंग जोडेर हेरिनु पर्दछ । राष्ट्रियताको प्रश्न खालि एउटा जातीको मात्र सरोकारको विषय होइन भन्ने सत्यतालाई स्वीकार्दै जातीय सद्भाव र भावनात्मक सम्बन्धलाई बलियो बनाउन आवश्यक छ ।
यतिखेर हामी राष्ट्रिय सहमति र सार्थक जनसंविधानको निर्माणको प्रश्नसंग पनि अभिन्न रुपमा जोडिएका छौ । सबै न्यायप्रेमी जनता र दलहरुको अहिलेको प्रमुख अभिभारा मध्येको राष्ट्रिय सहमति र सार्थक जनपक्षीय संबिधान निर्माण , र संस्थागत गर्ने पनि हो । यसबाट जो कोही पंन्छिन सक्ने र यसलाई ओझेलमा पार्न सक्ने अवस्था छैन । त्यसैले सबैले यो कुरा पनि बुझ्न आवश्यक छ कि ०६२÷६३ को महान जनआन्दोलन सामान्य परिवर्तनको लागि मात्र थिएन, बरु आमुल परिवर्तनको उद्दघोष पनि थियो ।
०६२÷६३ को महान जनआन्दोलनको दिशा निर्देश अनुसार संविधान सभाको चुनावबाट देश अगाडि बढिरहेको छ । दलहरुले आ–आºनो चुनावी घोषणा–पत्र अनुसार चुनाव लडे । जनताले सबै पार्टिहरुको आकार निर्धारण गर्र्दिए पनि । तर संबिधानसभाको बैठक शुरु हु“दानहु“दै सरकारको कुर्ची हत्याउने लोभिपापी गतिविधि शुरु हुन थाल्यो । ठुलो दलको हैसियतले तत्कालिन नेकपा(माओवादी) पार्टिले यो सरकार चलाउने दायित्व लिन पथ्र्यो नै, तर त्यसो हुने वित्तिकै नेपाली कांग्रेस विपक्ष दलमा बस्यो । त्यतिबेलादेखि नै सरकार गिराउने खेल खेलियो । संसद अवरुद्ध पार्ने कामहरु धेरैजसो नै गरियो ।
केहिदिन अगाडि जननिर्वाचित सरकारको प्रधान सेनापति बर्खास्त गर्ने निर्णयलाई राष्ट्रपतिले ठाडो चुनौति दिदै रुक्मांगत कटुवालकै प्रधान सेनापतित्वमा सेनाको कमाण्ड रहने निर्देशन दिए, यो प्रकरणमा अन्तरिम संविधानको कुनै पनि धाराले नदिएको अधिकार प्रयोग गरेर राष्ट्रपतिले सैनिक शासनलाई निरन्तरता दिन पुगे । यो अवस्था निम्त्याउन आजका सत्ता साझेदार दलहरु खुलेरै लागेको कुरा दिनको घाम झै छर्लङ्गै छ । यो कदमले जननिर्वाचित सरकारले राजीनामा दिनु पर्ने अवस्था आयो र नेकपा (माओवादी)को नेतृत्वको सरकार ढल्न पुग्यो । यो कदमले अहिले चलिरहेको शान्ति प्रक्रियालाई दुरगामी नकारात्मक असर पार्ने देखिन्छ नै अर्कोतिर सरकार गिराउने र बनाउने गलत नजिरलाई पनि बाटो खुल्ला गरिदियो । यो नजिरले माओवादीको नेतृत्वको सरकार गिराउने खेलमा त सफल अस्त्र भयो नै, यहि नजिरबाट बनेको सरकार गिराउन पनि अबको दिनमा यो सशक्त हतियार बन्ने नै छ । वास्तवमा यस्तो हुनुमा सम्पुर्ण अन्तर्राट्रिय साम्राज्यवादी शक्तिकेन्द्रहरु, देशभित्रका पुनरुत्थान तथा यथास्थितिवादी शक्तिहरु र सामान्य सुधारात्मक कामलाई पनि देख्न नचाहने शक्तिकेन्द्रहरुको नियमित ध्रुविकरण र सत्तालाई दुरुपयोग गर्न चाहनेहरुबाटै संभव भयो भन्ने कुरामा आम जनताहरु छर्लङ्गै हु“दै गइरहेको छ । त्यसैले यो कदमलाई तुरुन्त सच्याउ“नको लागि सचेत नागरिक र न्यायप्रेमी जनसमुदायले शसक्त भुमिका खेल्नु पर्ने आवश्यकता बढेर गएको छ ।
अहिले हामीले देखिरहेका छौ, सामान्य संसदीय पद्धतिलाई पनि कुल्चिएर सरकार गठन र पुनर्गठन प्रक्रियालाई निकृस्ट र लाजमर्दो ढंगले अगाडि बढाइएको छ । यसले यो प्रमाणित गराउ“छ कि सरकार लोभिपापी र भ्रस्टहरुको अखडा बनेको छ । यसमा केही साना दलहरु बाहेक के साना के ठुला सबै दलहरु यो गतिविधीको हिस्सेदारी बनेका छन् भन्दा अतियोक्ति नहोला । हामीले राष्ट्रपतिको यो असंबैधानिक कदमभित्र भएको कुनै पनि सरकारी गतिविधिलाई ठिक मान्न तयार हुनु हुदैन । अन्तरिम संबिधानको सामान्य संबैधानिक अधिकार क्षेत्र र नियमभित्र पनि दलहरु नरहने हो भने राष्टिय सहमति निश्चितरुपमा असंभव प्राय छ । अनावश्यक र अनियन्त्रित द्वण्द बढेर जाने संभावनालाई निम्त्याउछ । विस्तारवादी, प्रभुत्ववादी तथा साम्राज्यवादी शक्तिहरु यही दिन पर्खेर बसिरहेका छन् भन्ने कुराप्रति पनि हामी सचेत शक्तिहरुले बुझ्न आवश्यक छ ।
महंगी, हत्या–हिंसा, अराजकता र दण्डहिनता अत्यन्त बढेर गएको छ । जनताका दैनिक सरोकारका विषयमा सत्तासिन दलहरु र सरकार संवेदनशिल छैन । सरकार गठन र गिराउने अंक गणितीय खेलमा भने दलहरु माहिर देखिन्छन् । सीमा अतिक्रमण हु“दा देशका सुरक्षा अंङ्गहरु छन् कि छैनन् भन्नेतिर स्वाभिमानी नागरिकको ध्यान खिचिन्छ । तर मुक्ति र आफ्नो अधिकारको लागि होमिएका आवाजहरुमाथि दमन गर्न तुरुन्त सुरक्षा बलहरु तैनाथ हुन्छन् । यो प्रकारको सत्ता र सरकारी संयन्त्रहरुले देशको राष्ट्रियता, जनताको जनतन्त्र र जनजीविकाको मुद्धाहरुलाई ठिक तरिकाले संचालन र ब्यवस्थापन गर्छ भनेर सोच्नु दिवास्वप्न हुनजान्छ । सत्तालिप्साको कारण जनताका आम सरोकारका विषयहरु ओझेल पर्नगएका छन् । यी सबै मुद्धाहरुलाई ब्यवस्थापन गर्न अब नया“ स्तरबाट नसोचि नहुने बेला आएको छ । यी अन्तरविरोधलाई हल गर्न फेरि नया“ स्तरको आन्दोलनको उठान गर्न आवश्यक बनि सकेको छ । त्यसैले देशका सम्पुर्ण क्षेत्रहरुमा आमुल परिवर्तनको खा“चो छ । यो आवश्यकता र अनिवार्यतालाई पुरा गर्न अब युवा शक्तिले त्यो प्रकारको राजनीति पृष्ठभुमिमाथि राजनीतिक हस्तक्ष्ँेप नगरि सुखै छैन ।
अब देश पुरानै सहमति र पुरानै सोचाइ स्तरबाट अगाडि बढ्न सक्ने स्थिति छैन । ०६२÷६३ को जनआन्दोलन पछि राष्ट्रिय आवश्यकता, जनतान्त्रिक मुद्धाहरु र स्वाभिमानका लडाईहरु धेरै सतहमा आइसकेका छन् । अग्रगमनका लागि नया“ नया“ आधारहरु पहिल्याउनु पर्ने आवश्यकता बढेको छ । सबै उत्पीडित वर्ग र समुदायहरुका न्यायोचित मागहरुलाई अबको भावी नेपालमा समेट्नु पर्ने छ । देशका सम्पुर्ण प्राकृतिक स्रोत र मानव संसाधनलाई सबैका लागि नया“ ढंगले परिचालन र वितरण गर्नु पर्ने छ । सम्पुर्ण असमानता, शोषण, भेदभाव र दमनलाई जरैदेखि ºयाक्नु पर्ने छ । त्यसैले सहमतिका नया“ आधार खोज्दै नया ढंगको राष्ट्रिय सहमतिमा नपुगि हामीलाई धरै छैन । तर राष्ट्रिय सहमति पश्चगमन र यथास्थितिमा खोजिनु अत्यन्तै भुल हुनेछ । यस्तो किन्चित पनि गरिनु हुन्न । यदि यस्तो स्थिति आएमा पश्चगमन र यथास्थितिवाद तथा अग्रगमन र आमुल परिवर्तनकारीहरु बीचको ध्रुविकरणलाई तीब्र बनाउन आवश्यक छ । आमने–सामनेको लडाईमा निर्णायार्थ होमिनु पर्नेछ र त्यसैको निरन्तरतामा क्रान्तिकारी परिवर्तनको मुद्धालाई सुनिश्चित गर्न फेरि नया“ राष्ट्रिय सहमतिमा जानु पर्ने छ । अथवा नया स्तरको राष्ट्रिय सहमतिले मात्र सार्थक जनपक्षिय संविधान निर्माण गर्न सक्ने छ । अब क्रान्तिकारी र न्यायप्रेमि जनताहरुले त्यो प्रकारको शक्ति समायोजन र ध्रुविकरणलाई शसक्तरुपमा अगाडि बढाएर जानु पर्ने आवश्यकताको बोध गर्न विलम्ब गरिनु हुन्न । देश यो प्रकारको प्रसव पीडामा लामो समयसम्म रहन सक्दैन । किनभने देश एउटा क्रान्तिकारी संकटको मोडबाट गुज्रिरहेको छ ।
यी माथि उल्लेखित पक्षहरुलाई संबोधन गर्ने हिसाबले दलहरुले चुनाव ताका आºनो घोषणा–पत्रमा उठाएका नारालाई साकार रुप दिन र त्यसैलाई आधार बनाएर नया चुनौतिलाई पनि सामना गर्न सक्ने सार्थक जनपक्षिय संविधान निर्माण नै आजको आवश्यकता हो। जनआधारित ठुला दलहरु र आमुल परिवर्तन चाहने साना दलहरुले पनि चुनाबी नारा यहि संघीय लोकतान्त्रिक गणतन्त्रको दिएका थिए । यसलाई लागू गरिदा यहाको मौलिकता, वास्तविकता र आवश्यकताको आधारमा हुनु पर्दछ । यो राष्ट्रिय सहमतिको बलियो आधार पनि हनेछ । अन्तरिम संविधानको मुलमर्मलाई नमान्ने हो भने, नेपाली समाजमा रहेका विद्यमान सामाजिक अन्तरविरोधलाई राम्ररी नबुभ्ने हो भने र नेपाली सार्बभौमिकतामाथि विदेशीको हस्तक्षेपलाई नदेख्ने हो भने यो संक्रमणकालिन अवस्था हाम्रो पक्षमा रहन सक्दैन । यी पक्ष्ँहरुलाई यदि नजरअन्दाज गर्ने हो भने संविधानसभा बीचैमा “ब्रेक डाउन” हुन सक्छ । यसले कसैलाई भलो गर्ने छैन । देश अबान्छित तत्वहरुको खेल मैदान बन्ने छ । यस्तो हुन नदिन हामी सचेत युवाहरु, देशभक्त, जनतान्त्रिक तथा क्रान्तिकारीहरुको अभिभारा हो ।

आजको 'युवादस्ता' र नेपाली क्रान्ति

भनिन्छ, देशको सम्पूर्ण जनसंख्याको पूर्णः हिस्सा युवाहरूको छ । यो जनशक्ति नै मुलुकको रक्षा, विकास र पहिचानको आधार हो । मेरूदण्डरुपी युवा जनशक्तिको सही सदुपयोग गर्ननसक्ने मुलुकको न रक्षा हुन्छ, न विकास, न पहिचान नै रहन्छ । त्यस्तो मुलुक कालान्तरमा रहँदैन । जहिलेसम्म रहन्छ त्यतिन्जेल पनि त्यसको विकास, पहिचान नरहे बराबरै हुन्छ । नेपाल पनि करबि त्यस्तै स्थितिबाट गुज्रँदै असफल राष्ट्रको दर्जामा पुग्दै पहिचान गुमाउन लाग्दा युवाहरूले यसको हात थाम्नेछन् ।यसको अस्तित्व त धानिएको छ, तर रक्षा र विकासको प्रश्न अझै समाधान भएको छैन । युवा क्रान्तिकारीहरूले त्यस्तो समाधान पनि अघि सारेका त छन्, तर सम्पूर्ण युवाहरू यो समाधानबारे सचेत र सहमत हुने कि नहुने, प्रश्न गम्भीर ढंगले खडा छ ।
को हुन् ती युवाहरू ? जसले मुलुकको गुम्नलागेको पहिचान र अस्तित्व बचाएका छन् । र के हो त्यो उपाय जसले मुलुकको रक्षा र विकासलाई सुनिश्चितता प्रदान गर्ने हैसियत राख्छ, अनि को हुन् के हुन् ती हर्कतहरू जसले मुलुकलाई विदेशी दाशता र पराधिनताको सिकार बनाए ? हामी यस आलेखमा यिनै प्रश्नहरूको सही उत्तरबारे चर्चा गर्नेछौँ ।
पहिले पहिलो प्रश्नतिर जाऊँ । मुलुकको पहिचान र अस्तित्वमाथि खेलवाड गर्ने तिनै हुन् जसले नागरकि हकमाथि निरन्तर बलात्कार गरे, बुटबजारे, संगीन रोपे, र बन्दुक ताके । विदेशस्वार्थअघि घुँडा टेके, राष्ट्रिय सिमाको रक्षा गर्नुसट्टा आफ्नो माटोको बिक्रीमा कवाफ डकारे, आफ्ना चेलीहरूको अस्मिता माथिको बलात्कारमा सुरापान गरे। देशको युवाशक्तिको पलायनबाट प्राप्त रेमिट्यान्सले स्वदेशमा महल बनाए र विदेशमा खाता खोले । ती कपुतहरू अझैपनि जीवित छन् तर आज तिनैले आफ्नो रुप बदलेका छन् । रुप फेरँिदैमा वस्तुको सार फेरँिदैन । भेँडाको छाला ओड्दैमा ब्वाँसो भेँडा हुँदैन । आखिर मौका हेरी ब्वाँसोले भँेडाको सिकार गरछिाड्छ । किनकि ब्वाँसोको धर्मनै मौकाहेरी भेँडाको सिकार गर्नु हो ।सवाल यो हो कि तत्व बुझेर पनि नबुझेकोझँै गर्नु वा नबुझाउनु दोष हो कि ? दोष ब्वाँसोको छैन, बुझ पचाउनेको हो ।
यहाँ प्रतिमान भेँडा अघिसार्दा भ्रम हुन सक्छ । भँेडा आखिर पशु हो । पशुको के दोष ? भन्ने प्रतिप्रश्न उठ्न सक्छ । तर प्रश्न त भँेडाको हैन, मानिसको हो, जनताको हो । प्रश्न ब्वाँसाको हैन, शासकहरूको हो, शोषकहरूको हो । शासनको सार शोषणमा टिकेको हुन्छ । शासनसत्ताको लामो इतिहास झुटो इतिहास हो । इतिहास जनताले निर्माण गर्छन् । त्यसको माग शासकहरूले गर्दैै आएका छन् । यो उल्टो परम्परालाई सुल्टाउनु वर्गसचेत जनताको कर्तव्य हो । इतिहास र सभ्यताको भोग जनताले नै गर्न पाउनुपर्छ । यसका निम्ति इतिहासदेखि वर्तमानसम्म जनताको तहबाट थुप्रै त्याग, बलिदान र वीरताका कृतिमानहरू खडा छन् । तिनलाई स्वणिर्म अक्षरमा लेख्नुपर्छ, गीत बनाएर गाउनुपर्छ, संस्कृति बनाएर व्यवहार गर्नुपर्छ । तब मात्र जनताको सच्चा इतिहास स्थापित गर्न सकिन्छ ।
त्यस्तो इतिहास रचना गर्ने विवेक युवा जनहरूमा मात्रै हुन्छ । त्यस्तो गीत बनाएर गाउने कलाकार पारखी र गलाका धनी युवाहरू मात्रै हुन्छन् । त्यस्तो नवीन संस्कृतिको संरचना गर्ने र जीवन व्यवहारमा लागुगर्न सक्ने नैतिक र भौतिक शक्ति एवं सामथ्र्य पनि पूर्ण जनतासँगै हुन्छ । युवाहरूले नै भेँडारुपी ब्वाँसाशासकलाई पार्ने एम्बुस थाप्न सक्छन् । युवाहरूले नै तिनका छालाउतारी सक्कली स्वरुपमा उदाङ्गो तुल्याउन सक्छन् । के १०४ वर्षसम्म जहानियाँ शासन थोपर्ने राणाशासकहरूलाई नङ्गयाउने वीरतापूर्ण कर्मगर्ने दशरथचन्द, धर्मभक्त, गंगालाल र शुक्रराजहरू युवा थिएनन् ? अनि ३० वर्षे निरंकुश पंचायती शाहीराज र त्यही राजाको नयाँ संस्करण स्वरुप ०४६ देखि ०६३ सम्म संसदवादी दलहरूकापालनहार ज्ञानेन्द्रराजलाई जंगल धपाउने जनयुुद्ध र जन - आन्दोलनहरूका १०,००० भन्दा बढी वीर सहिदहरू युवा थिएनन् ?
हो तिनै वीर, बहादुरहरू, युवाका जीवित अनुयायीहरू हुन् जसले मुलुकलाई असफलराष्ट्र हुनबाट जोगाए, देशको अस्तित्व बचाए, देशको अस्तित्व बेचेर र बन्दकी राखेर शासनगर्नेहरूलाई धुलो चटाए, जंगल धपाए र धुलो चाटेका र जंगल धपाइएका प्रेतात्माहरूको पीडाबाट मुलुकलाई र मुलुकवासीलाई निश्चिन्त गराउन अर्कोबलिदानी गररिहेकाछन् र आवश्यक बलिदानीका खातिर फेरपिनि तयार छन् । ती हुन् देशका वर्गसचेत युवा कम्युनिष्ट क्रान्तिकारीहरू ।
क्रान्तिकारी युवा संगठन तिनै युवा कम्युनिस्ट क्रान्तिकारीहरू युवासापेक्ष संगठित राजनीतिक संगठनहो जसले ०६, ०२८, ०३८, ०४६, ५२, ०६३, र अब ०६६/०६७   को क्रान्तिकारी सामाजिक रुपान्तरण आन्दोलनको निरन्तरतालाई प्रतिनिधित्व गर्छ । आज तिनै युवाहरू २४० को संख्यामा संविधानसभामा सदस्य छन् । तिनैको नेतृत्वमा नौ महिनासम्म देशले नेतृत्वपायो । लोकपि्रय र दीर्घकालीन राष्ट्रिय नीति तथा कार्यक्रम अघिसारेपछि देशी विदेशी षड्यन्त्रस्वरूप संस्थाको खेलमा ऊ अहिले प्रतिपक्ष भूमिकामा छ । देशले एक कदममात्रै अग्रगतिलिनपनि उसैका नीतिगत एजेन्डाविना सम्भव नभैरहेको स्थितिमा आज मुलुकको निकाशको एकमात्र सर्त बनिरहँदा सिंगो शक्ति अर्को आन्दोलनको आँधीवेरीको तयारीमा जुटिरहेको छ । थप वीरता, बहादुरी र बलिदानीका निम्ति आफ्नो विवेकको पौरख गररिहेको छ । त्यही विवेक, वीरता, बहादुरी र बलिदानीनै देशको रक्षा, विकाश र विपुलताको भावी विरासत हुनेछ ।
आजको विश्वमा युवाजनमत पुरानो वर्गसमाज युगान्त र नयाँ- वर्गविहीन युग निर्माणको सपनालाई विपनामा रूपान्तरण गर्न व्यग्र छ । कुनैपनि युगको समय हुन्छ । अबको समय पुँजीवादी युग समाप्तीको समय भएर आएको छ । आदिम साम्यवादको स्थान दा-मालिक युगले, दास-मालिक युगको स्थान सामन्ती युगले र सामन्ती युगको स्थान पुँजीवादी युगले लिएजस्तै पुँजीवादी युगको स्थान अब साम्यवादी युगले लिने दिन नजिकिएको छ र त्यसको आगमनलाई स्वागत गर्न विश्वका क्रान्तिकारी युवाहरू अग्रपंक्तीमा उभिएका छन् ।समयको काल गयो पुँजीवाद आज पतनको स्थितिमा छ । विश्वका लाखौं र करोडौं युवाहरू आज बेरोजगार भैरहेकाछन् । उत्पादन र वितरणमा रहेको असन्तुलन अर्थात् पँुजीवादको विशेषतामा चुलिएको अराजकताको स्वाभाविक परिणाम स्वरुप आज विश्व अपूर्व आघातबाट गुजि्रएको छ । सेयर बजार सुकेका छन्। विश्वमा प्रतिदिन ७ देखि १० हजारको संख्यामा मजदुरहरू बेरोजगार भएर सडकमा पुगिरहेका छन् । विगत ६ महिनादेखिको यो क्रमलाई मात्रै गणना गर्ने हो भने प्रतिमहिना ३ लाख र ६ महिनामा १८ लाखका दरले मानिसहरू बेरोजगार हुँदैजाँदा पुँजीवादलाई आफ्नो सत्ता बचाइराख्न अब धेरै दिन सम्भव छैन ।आफ्नो चरत्रिअनुुसार उसले अब गर्ने भनेको हालसम्म थुपारएिका सहकारी शस्त्रअस्त्रहरूको सहारामा द्वन्द्व, युद्धहरू मञ्चन गर्ने र तिनै बेरोजगार युवाहरूलाई प्रयोग गरेर कमजोर मुलुकहरूका श्रोत र सभ्यतामाथि थप कब्जा गर्ने मात्रै हो जहाँ लाखौँ र करोडौँ युवाहरूको, जनसमुदायहरूको, राष्ट्र र राज्यहरूको नाम र निशाना मेटिने छ । यो तथ्यलाई आजका युवाहरूले विशेषतः लामो राजनीतिबाट गुजि्रएका नेपाली क्रान्तिकारी युवाहरूले राम्रोसँग बुझेका छन्, देखेका छन् । करोडौँ युवाहरूकोही पनि शोषणकारी पँुजीवादको बचाउका निम्ति सतिजान सक्तैनन् ।युवाको स्वभाव सहजीवन, शान्ति र संवृद्धिको पक्षपोषण गर्ने हुँदा बरु ती उल्टै पुँजीवादका मलामी बन्नेछन् ।
लेनिन भन्नुहुन्छ, कुनैपनि राजनैतिक  संगठन आफ्नो लागि राजनैतिक प्रभुत्व कायम गर्ने प्रयासमा हुन्छ । हाम्रो पनि उद्देश्य क्रान्तिकारी सर्वहारावर्गको अधिनायकत्व स्थापित गर्नु हो अव देश हाँक्ने जिम्मा युवाहरुको हो यसको नेतृत्व क्रान्तिकारी सचेत युवाहरुले गर्नुपर्छ  

शुभकामना


           शुभकामना


स्‍वदेश तथा बिदेशमा रहनु हुने सम्‍पुर्ण श्रमजिवि नेपाली दाजुभाई तथा 
दिदिबहिनि हरु मा नयाँ बर्ष २०६७ सालको हार्दिक मंगलमय शुभकामना 
व्‍यक्त गर्न चाहान्‍छौँ ! साथै नव बर्ष ले सम्‍पुर्ण नेपाली हरुमा स्‍थायी शान्‍ती अमनचैन छावस्‌, चेतनशील,प्रगतिशिल,परिवर्तनशील समाज निर्माण  का लागी सम्‍पुर्ण नेपालि हरु एक हुन सकौँ ! निम्‍न वर्गिय महिला, वृद्व,
अपाङ्‍ग, दलित जनजाति,भाषा,धर्म,लिङ्‍ग र राज्‍यद्वारा उपेक्षित सबै तह
तप्‍का मा  रहेका  सबैलाई  समेट्‍ने गरी नायाँ संबिधान निर्माणहोस ! 
स्‍वदेश मै रोजगारी, उत्‍पादन मुलक शिक्षा, उधोगधन्‍दा, कल कारखाना,
जडिबुटी जन्‍य वस्‍तुहरुको व्‍यवस्‍थित  होस ,बिकाश होस ! लोड सेडिङ 
बाट मुक्त भै सबै नेपालीहरु  अग्रगमनको  दिसातर्फ  लम्‍कन सकौँ ! 
आतंकबाद,अपहरण, हत्या हिंशाबाट सबै जनहरूको सुरक्षा होस !
बोल्नेहरुले स्वतन्त्र  बोल्न पाओस  लेख्नेहरूले स्वतन्त्र लेख्न पाओस !
नयाँ बर्ष ले  सबै नेपा लीहरुको जिवन मा सुनौलो बिहानि ल्‍याओस !!  
स्वदेश तथा विदेशमा रहेका संपुर्ण नेपाली  दाजुभाई,दिदि बहिनिहरु लाई
नव बर्ष २०६७  साल को सुखद उपलक्षमा  उत्तरोत्तर प्रगति एवं सु-स्‍वास्‍थ्‍य 
र दिर्घायु को हार्दिक मंगलमय शुभकामना व्यक्त  गर्न चाहन्‍छौँ !!!
                    क. जनमुक्ति
अध्यक्ष:क्रान्तिकारी युवा संगठन नेपाल
केन्द्रिय कमिटी                                                               
                                              
                                                नेपाली युवा एकता समाज भारत
                                                         प्रवासी नेपाली युवा संघ साउदीअरव
                                                       नेपाली श्रमजिवि युवा समाज मलेसिया


http://www.yubakranti.blogspot.com/
http://www.yubasandesh.webs.com/                                                                        
इमेल ठेगाना   yubasandesh@gmail.com ,
yubasandesh@yahoo.com                      

युवाक्रान्ति डट ब्लगस्पोट डट कम

प्रभाकरण अन्त्यको अर्थ

तमिल विद्रोही नेता भेलुपिल्लाई प्रभाकरण युद्धमा मारिएका छन् । उनी कुनै सिनेमाको नायकझैँ अन्तिम लडाइँ जितेर फर्केनन् । बरु, आफ्ना सबैभन्दा निकटका मान्छेसँगसँगै मरे । सरकारी आक्रमणमा उनलाई मारिएको वा उनलाई पक्रेर मारिएको हो भने त्यस्तो हत्या यतिवेला अनेक प्रश्न लिएर समयका अगाडि खडा छ । मृत्युसँगै उनका गुन-बैगुन चर्चामा छन् र धेरैले उनलाई नकारात्मक रूपमा चित्रण गरेका छन् । सामान्यतया एउटा प्रचलित भनाइ छ— उनी कसैका लागि आतंकवादी होलान् त कसैका लागि विद्रोही वा सहिद होलान् । तर, त्यति मात्र छैन प्रभाकरण अन्त्यको अर्थ । उनको अन्त्यसँगै श्रीलंकामा २५ वर्षदेखि जारी हिंसात्मक तमिल विद्रोहको अन्त्य भएको छ । तर, यसले नै तमिल र तमिलजस्ता विद्रोहका आधार समाप्त भएको तथ्य मान्ने वेला भने भएको छैन । जेजस्तो भए पनि श्रीलंकामा तमिलका लागि अलग इलम स्थापना गर्ने अभियान भने अहिले सदाका लागि अन्त्य भएजस्तो देखिएको छ ।
प्रभाकरणको उदय उत्तर-औपनिवेशिक राजनीतिको एउटा गतिलो विम्ब हो । बेलायती साम्राज्यवादीले श्रीलंकामा चियाखेतीका लागि सस्तो श्रम आपूर्ति गर्नका लागि नजिकैको भारतीय राज्य तमिलनाडुबाट लगेका तमिलहरूले कालान्तरमा श्रीलंकाको झन्डै १७ प्रतिशत जनसंख्या ओगट्न पुगे । श्रीलंकाको स्वतन्त्रतापछि बहुसंख्यक हुँदाहुँदै पनि सिंहाली शासकहरूमा एकप्रकारको त्रास रह्यो र तिनले तमिललाई राज्यसत्तामा समान अधिकार र पहुँच दिन चाहेनन् । तिनीहरूको जातीय अहंकारवाद र अन्ध-राष्ट्रवादबाट तमिलहरू सिकार बन्दै रहे । त्यसबाट मुक्तिका लागि भएका सबै प्रयास तुहिएपछि प्रभाकरणले हिंसात्मक विद्रोह संगठित गरे । गलामा साइनाइड भिरेका आत्मघाती लडाकु दस्ताका माध्यमबाट उनले भारतीय पूर्वप्रधानमन्त्री राजीव गान्धीदेखी श्रीलंकाका सिंहल र तमिल राजनीतिज्ञको हत्या गराएर एकप्रकारले आफ्नो मिसनका लागि भयानक आतंकवादी बाटो पछ्याए । विश्वभर छरिएको तमिल डायस्पोराको सहानुभूति र तमिलनाडुका जातीय आफन्तहरूको समेत सहयोगमा उनको आन्दोलन व्यापक रूपमा फैलियो र एकपटक त सम्पूर्ण पूर्वी-श्रीलंका उनको नियन्त्रणमा पुग्यो । तर, उनले यसरी हतियार र जनसाधारणका बलमा स्थापित आफ्नो शक्तिलाई राजनीतिक शक्तिमा रूपान्तरण गर्न सकेनन् । परिणामस्वरूप उनले हजारौँको बलिदानमा आर्जन गरेको शक्ति समाप्त भयो, उनीसँगै ।
इतिहासमा कतिपय आन्दोलन र तिनको सफलता त्यसको नेतृत्वका क्षमतामा निर्भर हुन्छन् । नेपालमा पनि माओवादीले आफ्नो शस्त्रबलका सीमा नबुझेको भए यो आन्दोलन पनि समाप्त हुनसक्थ्यो, तर प्रचण्डले त्यसलाई सफलतापूर्वक रूपान्तरण गराए । प्रभाकरणका लागि पनि हतियार बिसाएर तमिललाई अधिकारको सुनिश्चितता गर्दै राजनीतिक शक्ति आर्जन गर्ने धेरै अवसर थिए । उनले त्यो अवसर बुझेको देखिएन । उनले आफ्नो विद्रोहका सीमालाई अतिरञ्जनापूर्वक बुझे । त्यही अतिरञ्जनाले उनलाई त सिध्यायो-सिध्यायो, तमिलका आकांक्षामा पनि डढेलो सल्कायो । उनको पतनबाट नेपालका केही पृथकतावादी संगठनले पनि शिक्षा लिए राम्रो हुन्थ्यो ।